अपडेट 
२०७८ श्रावण ३०, शनिबार ०८:३१

सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको हो । सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ ।

यस्तै सूचीकृत अस्पतालहरुमा संक्रमितहरुको तथ्यांक÷विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले भनेको छ । मासिक अद्यावधिक विवरण यकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्रमितहरुको विवरण सम्बन्धित अस्पतालहरुलाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ । मन्त्रालयले सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

Comment


Related News

Latest News

Trending News