अपडेट 
२०७८ श्रावण ३०, शनिबार १६:२२

नेपालमा शनिबार थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ६ सय ६७ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणका क्रममा ६७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार २ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप १ हजार ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ८० हजार ८१५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३९ हजार ४०५ सक्रिय संक्रमित आइशोलेशन र ४११ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ वटा पिसिआर र ३ लाख ९१ हजार ८३५ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News