जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले कार्यालयको पूर्व पट्टि रहेको डिर्घिका सर पोखरी सौन्दर्यीकरणको भूमि पूजन सम्पन्न गरेका छन् ।
पोखरीको चारवटै डिल पक्की गरि बाकिङ्ग ट्रैक, वृक्षा रोपण, शौचालय, बोटिङ्ग स्टेशन लगायतको रहने छ भने पोखरीको विचमा घौटो आकारको आकृति बनाई छेउमा फाउन्टेन सहित शिवजीको प्रतिमा राख्ने भएको छ । कुल ४ करोड ७४ लाखको बजेमा सौन्दर्यीकरण गरिने सो पोखरी पर्यटकीय हिसावले निर्माण भई रहेको छ । चालु आर्थिक बर्षमा सो योजना सम्पन्न गर्ने लक्ष्य लिएका जनकपुरधाम उप– महानगरपालिकाले शनिवार एक मुहुर्त विच मेयर साहवाट भूमि पूजन गरई कार्यको थलनि गरिएको छ । भूमि पुजनमा सहभागीहरुले पोखरीको काया पलट हुने विश्वास सहित अन्य पोखरीहरुको सौन्दर्यीकरण गरि जनकपुरधाममा पर्यटक आउने बातावरण मिलाउन आग्रह गरेका थिए । भूमि पुजन पछि सञ्चारकर्मीहरुलाई सक्षिप्त प्रतिकृया दिँदै जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहले जनकपुरधाममा पर्यटक ल्याउने मुख्य लक्ष्य अनुसार नै पोखरीहरुको सौन्दर्यीकरण तिर लागेको बताएका थिए । उनले भने–‘ जनकपुरधाम आउने पर्यटकहरुले माता जानकीको दर्शन पश्चात रातमा रुक्ने बातावरण बनाउँदैछु ।’ विगतमा जनकपुरधामका जनताले जुन विश्वास र आशाका साथ मलाई निर्वाचित गराए त्यो अनुसारनै कार्य भई रहेको छ जनकपुरधामका जनतालाई म जति पनि धन्यवाद दिन्छु त्यो कम हुन्छ ।
यहाँका जनताहरुलेनै चाहेर जनकपुरधामको सडक विस्तार भई जनकपुरवाट जनकपुरधाम सम्मको यात्रा तय गर्न सफल भएको छु र यहाँका व्यापारी वर्गको जिवन स्तर उकास्न आफु कुनै कसर बाँकी राख्दिन उनले भने । गांगा सागर–धनुष सागरको विचमा अहिले भएको कार्यले बाहिरवाट आउने पर्यटकहरुलाई लोभ्याउने विश्वासका साथ अगामी कार्ययोजना बनाई कार्यलाई अगाडी बढाउने योजना रहेको उनले बताए ।


