२०७८ श्रावण ३१, आईतवार ०७:३९

कलैया । जिल्ला बारा देवताल गाउँपालिका वडा नं.१ बडकीफुलवरिया टोल बस्ने नरेश साह गोठको हराएकी ४ जना नाबालिका छोरीहरूलाई बारा प्रहरीले भारतवाट उद्धार गरेका छन ।

वर्ष १२ की काजल कुमारी, वर्ष १० की आचल कुमारी, वर्ष ८ की अंजली कुमारी र वर्ष ६ की नेहा कुमारी समेतलाई उद्धार गरिएको प्रहरी निरिक्षक रुद्र प्रसाद कडेलले जानकारी दिए । श्रावन २७ गतेदेखी आफ्नै घरबाट हराएकोमा निजहलाई खोजतलास गर्नका लागि बुबा नरेश साह गोठले २९ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया सहितको निवेदनको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीहरूले भारतको श्रीसियामा देखिएको सूचनाको आधारमा सिमावर्ति भारतीय प्रहरीसँग समन्वय गरी हराएकी चारैजना दिदी बहिनीहरुलाई उद्धार गरि २४ घण्टाभित्र सकुशल निजहरूकै बाबुको जिम्मा लगाइएको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए ।

Comment

Related News

Latest News

Trending News