अपडेट 
२०७८ श्रावण ३१, आईतवार १६:३२

बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ । हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् ।

Comment


Related News

Latest News

Trending News