वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले आफुले चुनावमा घोषणा गरे अनुसार वीरगन्जपालिका अन्तर्गतका सबै वडालाई अनलाई सिस्टमबाट जोडने कार्यक्रमलाई लागु गर्न थालिएकोमा बताएका छन् ।महानगपालिकाका चौतर्र्फि विकासलाई मध्यनज गर्दै उज्यालो वीरगन्ज पछि वडाका राजश्व वडाबाटनै लिने प्राविधिक प्रणालीलाई लागु गर्ने कार्यलाई तिब्रता दिइएको नगर प्रमुख सरावगीले बताए । बिरगंज माहानगरपालिकाले दुर्गम वडाको रुपमा रहेको महानगपालिकाका वडा नम्बर २९ को बस्डिलवामा आयोजित अनलाई प्रणाालीलाई उदघाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।वडाको सिफारिस तथा सम्पतिकर लगायतका सबै राजश्व र प्रशासनिक कार्यहरु वडाबाटनै अनलाईन प्राविधिको मुसैलीमा रहेको वडा कार्यालयमा उदघाटन गर्दै महानगरपालिकाका दुर्गम एवम ग्रामिण वडाहरुलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भएको थियो ।
वीरगन्ज महानगरपालिकाका प्रमखु प्रशासकिय अधिकृत प्रदिप कुमार निरौला बिरगंज माहानगरपालिका कार्यालय पछि गाविसबाट वडामा परिणत भएको १६बटै वडाहरुलाई पहिलो प्राथमिकता राखिएको बताउनु भयो ।उहाले त्यसपछि शहरका समेत सबै वडाहरुलाई क्रमश अनलाईन प्रणालीबाट जोडिदै जाने बताए । वडा कार्यालयहरु अनलाईन प्रणालीसंग जोडिए पछि जनताहरुलाई सबै खालका सेवाहरु पाउनुका साथै नगपालिका कार्यालय धाउने सबै खाले झन्झटबाट अन्त्य भएको स्थानियहरुको भनाइ थियो ।नगरप्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्य र वडा अध्यक्ष धर्मेन्द्र महतोथारुको अध्यक्षतामा सम्पन्न भएको अनलाई कार्यक्रममा वीरगन्ज महानगरपालिकाका आइ टि अफिसर सतिश चौधरी,प्रशाकिय अधिकृत विकास मिश्रा,प्रमुख लेखा अधिकृत पनारायण राउत,हरिशंकर कुर्मि र नगर प्रमुखका स्वकिय सचिव पिन्टु उपाध्याय लगायतका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।


