वीरगन्ज स्थित नारायण अस्पतालको फार्मेषीमा अख्तियारले छापामारी गरेको छ ।
आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले नारायणी अस्पतालमा छापा हानेको हो । वीरगंजस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा हानिएको आवश्यक कागतपत्रहरु नियन्त्रणमा लिएको छ ।फार्मेषीमा भएको आर्थिक अनिमितता तथा लाखौको म्यादगुजरेको औषधीहरुको बारेमा टोलीले छानविन भइरहेको अयोग क्षेत्रीय कार्यालय हेटौडाका प्रबक्ता बिष्णु सापकोटाले बताउनु भयो । उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले छापामारी फार्मेषीको पसल तथा विमा सम्बन्धी औषधीका अधाकांस कागजपत्रहरु नियन्त्रणमा लिएको छ । नारायणी अस्पतालको फार्मेसीमा १ करोड २३ लाख भन्दा वढि को अनियमितता र लाखौ म्याद वितेका औषधीहरुको बारेमो छानविन भइरहेको प्रवक्ता सापकोटाले बताउनु भयो ।
विस्तृत विवरण पछि जानकारी गराउने छु,’उनले भने ।यता,नारायणी अस्पतालमा अख्तियारको छापा परेपछि चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा खैलाबैला मचेको छ । नारायणी अस्पतालका चिकित्सक डा। उदयनारायण सिंहले भने,‘म पनि सुनेको छु,अख्यितारको टोली छानबिन गर्न आएको छ,म अहिले ििओपडीमा विरामी हेर्दैछु,कार्यालय तिर टोली छैन,फार्मेसी तिर होला ।’उनले अख्तियारको अनुसन्धानमा प्रशासनले सघाउने आश्वासन दिए ।अख्तियारको टोली अस्पतालमा आएको र फार्मेसीसँग सम्बन्धित कागजात र स्टकमा रहेको औषधिको लगत संकलन गरिरहेको अस्पतालका निमित्त मेसु डा वीरेन्द्र प्रधानले जानकारि दिए।।
वीरगन्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले छापा मारेको छ। आज सोमबार बिहान १२ बजेदेखि अस्पतालको फार्मेसीमा गरिएको अख्तियारको छापामारी जारी छ। उनले अस्पतालमा फार्मेसी स्थापना भएको समयदेखिको औषधिको कागजपत्र, हिसाबकिताब, औषधिको बारेमा जानकारी लिने र बुझ्न थालिएको बताए अहिलेसम्म कति रकमको कुन औषधि खरिद–बिक्री भएको, हिसाबकिताब कहाँ राखिएको, कहाँबाट खरिद गरिएकोलगायतका विषयमा बुझ्ने काम थालिएको सापकोटाले जानकारी दिए।


