२०७८ भाद्र १, मंगलवार ०६:४५

आफ्ना आधिकारिकता सिद्ध गर्न जनता समाजवादी पार्टीका तत्कालिन अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्चवाट पनि निराश भएका छन् ।

सोमवार सर्वोच्च अदालतले जसपाका तत्कालीन अध्यक्ष ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको आधिकारिकता सदर भएको छ । ‘दलको आधिकारिताबारे आयोगबाट साउन ११ गतेमा निर्णय गरेको देखियो’,–आदेशमा भएिको छ, ‘सो निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषय अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन ।’ पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको माग गर्दै ठाकुरले सर्वोच्च अदालत रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । यही साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो ।

यता, ठाकुर पक्षले केहि दिन यता देखि विभिन्न जिल्लाहरुमा गर्न थालेका सभा सम्मेलनहरु समेत अव उपरान्त प्रभावित हुने भएको छ । पार्टीको आधिकारिकतामा दावी असफल भएपछि ठाकुर पक्षलाई विकल्प खोज्न बाध्य तुल्याएका छन् । उनीहरुले जनकपुरधाम लगायत मधेशका विभिन्न जिल्लाहरुमा जसपाकै व्यानरमा सभा सम्मेलन तथा कार्यकर्ता भेटघाट कार्यक्रमहरु गर्दै आई रहेका थिए । ठाकुर पक्षलाई सर्वोच्चले समाजवादी र राष्ट्रिय जनता पार्टीलाई अलग–अलग गर्छ भन्ने विश्वास लिइएको भएपनि पार्टीको अधिकतम कार्यकारणी सदस्य उपेन्द्र यादव संग रहेका कारण निर्वाचन आयोगले पहिलानै पार्टीमा उपेन्द्रको दावीलाई सदर गरेका थिए । जनता समाजवादी पार्टीको आधिकारिकता पाएका अध्यक्ष उपेन्द्र यादवले भने आज केन्द्रीय कमिटीको बैठक डाकेका छन् । आज र भोली गरि दुई दिन सम्म चल्ने सो बैठकमा महन्थ ठाकुर पक्षकालाई बोलाइएको छैन् । उनीहरुलाई केन्द्रीय समितिमा समेत राखिएको छैन् । जसपा गठन भएको १४ औं महिनामा आज देखि दुई दिनकोलागि केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

Comment


Related News

Latest News

Trending News