२०७८ भाद्र १, मंगलवार ०६:५७

जीतपुर । बाराको सिम्रौनगढ नगरपालिकाको नगर परिषद बैठकमा कोरम पुर्याउन किर्ते हस्ताक्षर गरेको प्रमाणित भई सक्दा पनि जिल्ला सरकारी वकील कार्यलय बाराले मुद्दा चलाउन मानेको छैन् ।

जिल्ला सरकारी वकिल कार्यालय बाराको बिरुद्धमा सोमबार नवौ दिन पनि कलैयामा धर्ना र प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता समाजवादी पार्टी नगर कमिटी सिम्रौनगढले किर्ते हस्ताक्षरमा संलग्न नगर प्रमुख बिजयशंकर यादव, तत्कालीन कार्यालय प्रमुख हरिओम साह, लेखापाल सर्वेन्द्र चौधरी र योजना प्रमुख जितेन्द्र प्रसाद यादब माथि कारबाही अगाडि बढाउन स्थानीयबासीले कलैयामा प्रदर्शन गरेका हुन । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट चार जनाको किर्ते हस्ताक्षर पुष्टि भइ राय सहितको प्रतिवेदन जिल्ला प्रहरी कार्यलय बारामार्फत सरकारी वकील कार्यलयमा आएपनि सरकारी वकिलको कार्यालयले मुद्धा चलाएको छैन् । सिम्रौनगढ नगरपालिकको २०७७ असार ८ गतेको नगर परिषद् संचालनमा गणपुरक संख्या पुर्याउन कार्यपालिका सद्स्य कपिलदेव साह, श्रीपती दुसादिन, रम्भा देबी पटेललगायत चार जनाको हस्ताक्षर गरिएको पुष्टि भएपछि उनीहरु विरुद्ध किर्ते हस्ताक्षर मुद्दामा कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय बारामा जाहेरी दर्ता गराइएको छ ।

किर्ते मुद्दामा कारबाही अगाडि बढाउन सकल फाइल पठाइएको भएपनि कारबाही प्रक्रिया अगाडि नबढाइएपछि प्रदर्शन र धर्ना गर्नु परेको सिम्रौनगढ नगर कार्यपालिका सदस्य तथा वडा नं.४ का वडा अध्यक्ष राजेश यादबले जानकारी दिए । राष्ट्रिय जनता समाजवादी पार्टी सिम्रौनगढ नगर कमिटीका अध्यक्ष किशोरी साह कानुको अगुवाइमा दिनहु सरकारी वकील कार्यलय अगाडि धर्ना र बिरोध प्रर्दशन कार्यक्रमहरु भईरहेका छन् । किर्ते हस्ताक्षर प्रकरणमा पक्राउ परेका कार्यलय प्रमुख हरिओम जैसवाल र लेखापाल सर्वेन्द्र चौधरीलाई सरकारी वकील कार्यलयले त्यतिबेला धरौटीमा छाडेको थियो । यता, जिल्ला सरकारी वकील कार्यालयले नगर सभाको माईन्युट सहितको आवश्यक कागजात अध्ययनकोलागि भनी उच्च अदालत जनकपुर अस्थायी ईजलास बीरगंजलाई पठाएको छ । बाराका न्यायधिवक्ता जुद्धबहादुर आलेले किर्ते हस्ताक्षर मुद्दामा उच्च अदालत वीरगन्जको राय निर्देशन अनुसार आफूहरुले प्रकृया आफनो प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिए ।

Comment


Related News