अपडेट 
२०७८ भाद्र १, मंगलवार १०:३२

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएकोे जानकारी दिनुभयो । मन्त्रालयले आगामी साता बाँकी ८ लाख एस्ट्राजेनेका खोप आउने जनाएको छ । साउन ३१ गतेदेखि हुने परीक्षा कोरोना संक्रमणको जोखिम भएको भन्दै सीसीएमसीले परीक्षा स्थगित गर्न अनुरोध गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

बोर्डले पौने चार लाख विद्यार्थीको परीक्षा सञ्चालनका लागि चार हजार तीन सय १० परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको थियो ।

Comment


Related News

Latest News

Trending News