२०७८ भाद्र २, बुधबार ०६:५०

लालबन्दी । सर्लाहीमा मंगलबार नदीले कटान गरेका क्षेत्रहरुमा जिल्लाका सुरक्षा प्रमुखहरुको टोलीले निरीक्षण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका प्रमुख एसपी गंगाराम श्रेष्ठ, जनताको तटबन्ध कार्यालयका प्रमुख रविन्द्र शर्मालगायत जिल्लाका सुरक्षा प्रमुखहरुले लखन्देही खोलामा बाढी आएर विभिन्न स्थानमा कटान गरेका क्षेत्रहरुको निरीक्षण गरेका हुन् । टोलीले हरिपुर नगरपालिका– ९ ढापटोलमा लखन्देही खोलामा आएको बाढीले कटान गरेका क्षेत्रमा निरीक्षण गरेको थियो । ढापटोलमा लखन्देही खोलाले खेतीयोग्य जमिन कटान गरी ठूलो क्षति पु¥याएको र खोला बस्तीमा पस्ने जोखिम रहेको स्थलगत निरिक्षणका क्रममा देखिएको छ । बाँध लगाएर खोलालाई पहिलेकै दिशामा नफर्काए बस्ती जोखिममा पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जनताको तटबन्ध कार्यालयलाई हरिपुर नगरपालिकाको सहयोग र समन्वयमा तटबन्ध निर्माण गर्न बुधबारबाटै सुरु गर्न निर्देशन दिएका छन् । त्यस्तै, निरीक्षणका क्रममा कौडेना गाउँपालिका–६ सक्रौलमा बाढीले नयाँ बन्दै गरेको पुल कटान गरिरहेको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए । पुल निर्माण अन्तिम चरणमा रहेको र कटान तिव्र रुपमा भईरहेकाले त्यसलाई बाढीबाट जोगाउनका लागि तत्कालै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा पुल कटान रोक्नका लागि बाँधको अस्थायी तटबन्ध बनाईने भएको छ ।

यसैगरी, जिल्लाको सुरक्षा प्रमुखहरुको टोलीले चक्रघट्टा गाउँपालिका–१, शिवनगरमा पनि लखन्देही खोलाले गरिरहेको कटानको निरीक्षण गरेको छ । त्यहाँ भने कटान रोक्नका लागि खोलालाई साबिककै अवस्थामा फर्काउने काम सुरु भइसकेको पाइएको छ । शिवनगरमा नदीले कटान गरेको त्यस क्षेत्रमा पर्कोपाईन विधिबाट बाँध निर्माण गरिएको जनताको तटबन्ध कार्यालयका प्रमुख रविन्द्र शर्माले जानकारी दिए । निरन्तरको वर्षाका कारण लखन्देही खोलामा आएको बाढीले ठाउँ–ठाउँमा कटान गरेपछि जिल्ला प्रमुखहरुको टोलीले मंगलबार कटान क्षेत्रहरुको निरीक्षण गरेको हो ।

Comment


Related News