२०७८ भाद्र २, बुधबार ०६:५५

रौतहट जिल्लाको सदरमुकाम गौरबाट नेपाल प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय महमद मोजिबुल्लाह र राजपुर नगरपालिका वडा नम्बर ७ बस्ने १८ वर्षीय शेख गुलाब भन्ने शेख अतिउल्लह रहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताए । गौर नगरपालिका–१ अन्तर्गत रौतहट जिल्ला अदालतको पछाडी पट्टिको बाटो भएर भारतीय नम्बरप्लेट भएको बिआर ३० १८८७ नम्बरको मोटर साइकलबाट तिव्र गतिमा नेपाल बैंक तर्फ गैरहेको बेला गस्तीमा रहेको प्रहरी टोलीले शंकाको आधारमा चेकजाच गर्दा मोटर साइकलको ट्यांकी मुनि लुकाई राखेको लागूऔषध नाईट्रोभेट ७ पता (१०५ ट्याब्लेट) बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक चिमोरियाले बताए । पक्राउ परेका दुवै जनालाई रौतहट जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Comment


Related News