वीरगञ्ज । विहार पश्चिम चम्पारणका सांसद् सञ्जय जायसवालले एक समारोहका बीच पैदल यात्री तथा दुई पाङ्ग्रे सवारी साधनको लागि रक्सौल रेल्वे क्रसिङ्गमा नवनिर्मित लाइट रव नामक आकाशे पुलको उद्घाटन गरेका छन् ।
पूर्व मध्य रेलवेको समस्तीपुर डिभिजनले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै जयसवालले सीतामढी र रक्सौल बिच विद्युतीकरणको काम छिट्टै सम्पन्न हुने बताए । उनले रेलको गतिमा वृद्धि हुने रक्सौलदेखि सुगौली रेलमार्गलाई दोब्बर बनाउने काम चाँडै हुने जानकारी दिए । नवनिर्मित आकाशे पुल एक करोड १८ लाखको लागतमा निर्माण भएको हो । कार्यक्रममा रक्सौलका विधायक प्रमोद कुमार सिन्हा, सीनियर डीन कोड आर एन झा, डीएसओ प्रवीण कुमार सहित स्टेशन सुपरिटेन्डेन्ट अनिल कुमार सिंह, डीसीआई संजय कुमार, आरपीएफ निरीक्षक राज कुमार, जीआरपी पंकज कुमार दास, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोद गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल पटवारी, उपाध्यक्ष हरि गौतम, माधव राजपाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै एडीआरएम जाफर आजमले यात्रुहरुको सुविधाको सम्बन्धमा जनप्रतिनिधिहरुबाट जुनसुकै सुझाव आएमा रेल्वेले त्यो लागु गर्ने बताउँदै रक्सौलको सन्दर्भमा जे पनी सुझाव दिईन्छ, त्यसमा काम गरिने बताए । एसीएम पीआरपी सिंहले कार्यक्रम संचालन गर्नु भएको थियो ।


