२०७८ भाद्र २, बुधबार १५:२०
सर्लाहीमा साउन ३१ गते रातिदेखी हराएकी १६ वर्षीया किशोरीको शव भेटिएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको शव कालिन्जाेर खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कालिन्जाेर खाेला मृतक किशोरीको घरदेखि झन्डै तीन किलोमिटर पर पर्ने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापाले जानकारी दिनुभयो। किशाेरीकाे हत्याको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो । किशोरीका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको बताएका छन् । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिएकाले थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।


