प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् ।
बुधबार दिउँसो २ बजे जनकपुरधाम आएका मिश्रले मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रमुख मिश्रले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।आफू नेपाली काँग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भएपनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए । उनले भने,‘अब म समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन । अब समग्र देशका लागि काम गर्छु ।’
मिश्रलाई सोमबार मन्त्रीपरिषदले गरेको सिफारिशको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । मंगलबार साँझ नै प्रदेश प्रमुख मिश्रले सपथ ग्रहण गरेका थिए ।


