अपडेट 
२०७८ भाद्र ३, बिहीबार ०७:२६

राजविराज । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेशलाई दल विभाजन गर्ने उदेश्यले ल्याएको भन्दै नेकपा एमाले निकटका युवा र विद्यार्थीहरुले बुधवार सप्तरी सदरमुकाम राजविराजमा मशाल जुलु प्रदर्शन गर्दै विरोध जनाएका छन् ।

उनीहरुले अध्यायदेशले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने भन्दै फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी सप्तरीको संयुक्त अगुवाईमा स्थानीय हुनमान मन्दिरको प्रागंणबाट निस्केको मसाल जुलुश बजार क्षेत्र परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगी विरोध सभामा परिणत भएको थियो । सभालाई युवा संघ नेपालका जिल्ला अध्यक्ष चितरंजन यादव,अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित नारायण रजक, एमाले जिल्ला कमिटीका सचिव देवनाथ यादव, जिल्ला कमिटी सदस्य अखिलेश झा, दुर्गानन्द ठाकुर, अकोश यादव, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रंजन झा लगायतले सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागी अध्यादेश ल्याइएको बताए ।

उनीहरुले अराजक ब्यक्तीलाई दल विभाजनका लागी बैधानिक आधार प्रदान गर्ने नियतले अध्यादेश ल्याइएको आरोप लगाउदै फिर्ता नलिए अगामी दिनमा आन्दोलन मार्फत यसको प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

Comment


Related News

Latest News

Trending News