२०७८ भाद्र ३, बिहीबार ०७:३४

वीरगञ्ज । वीरगञ्ज कारागार भित्र ७० लाख बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

स्थानीय उद्योगीहरुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो । पुरुष सेलतर्पm २४० बेड क्षमता भएको शयन कक्ष, भान्सा मर्मत सम्भार, १० के.भी क्षमताको स्वचालित जेनेरेटर, फोहोर विसर्जन टनेल, ६५ ईञ्जको एल.ई.डी टिभी, सैलुन कक्ष र शौचालयको मर्मत सम्भार गरिएको छ । त्यसै गरी महिला सेल तर्पm ३ वटा आधुनिक स्नान घर, नुहाउने र लुगा धुने ठाउँको निर्माण, ३२ ईञ्चको एल.ई.डी टिभी जडान गरिएको छ । वीरगंज कारागारलाई सहयोग गर्ने जगदम्बा स्टील प्रा.ली, शिव शक्ति घ्यु उद्योग प्रा.ली, लक्षमी नाराण ट्रेडिङ्ग, अप्सरा सेनेटरी, तुल्सी टायल्स, नारायणि स्ट्रीप्स प्रा.ली लगायतका उधोग तथा संघसंस्थाले ७० लाख बराबरको सहयोग गरी निर्माण र मर्मत सम्भार कार्यक्रम सम्पन्न गरेएको छ ।

सम्पन्न कार्यक्रम पश्चात पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, कारागार प्रमुख कृष्ण गैह््े ले संयुक्त रुपमा निर्माण र सम्भार भवनको कारागार परिसरमा उद्धघाटन गरेका थिए । कोरोना को महामारीले गर्दा बाहिरी मजदुर नबोलाई कारागार भित्रका कैदी बन्दीहरुले मजदुरी गरी सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेको विरगंज कारागार आन्तरिक प्रशासनले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News