अपडेट 
२०७८ भाद्र ३, बिहीबार ०७:५५

लालबन्दी । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले बुधबार साँझ सर्लाहीको हरिवनमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि युवा संघले पूर्व–पश्चिम राजमार्गस्थित हरिवनमा मसाल जुलुस प्रदर्शन गरेको हो । युवा संघका जिल्ला संयोजक हरिवन बर्तौलाको नेतृत्वमा निकालिएको मसाल जुलुसमा संघका जिल्ला अध्यक्ष जोनिस पाख्रिन, विद्यार्थी नेता श्रीकृष्ण उप्रेती, हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष उज्जल कार्की लगायतको उपस्थिति थियो । यसअघि मंगलबार साँझ दल विभाजन सम्वन्धी अध्यादेशको विरोधमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गरेको थियो ।

Comment


Related News

Latest News

Trending News