जीतपुर । लामो बिवादपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलियामा अस्थाई ब्यवस्थापन समिति गठन गरिएको छ ।
वडा कार्यालयले आफनो बिशेष अधिकार प्रयोग गर्दै शिक्षा प्रेमी राधेश्याम चौधरीको अध्यक्षतामा सात सदस्यीय बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको वडाध्यक्ष मोहित चौधरीले जानकारी दिए । ब्यवस्थापन समितिको सदस्यहरुमा लक्ष्मण यादव, बिरकेश्वर चौधरी ,लालसा देबी ,बैधनाथ चौधरी, सुनैना देबी राम र ईन्द्र कुमारी चौधरी रहेका छन् । यस अघि गठित ब्यवस्थापन समितिमा उच्च अदालत जनकपुर अस्थाई ईजलास बिरगंजमा यस सम्बन्धमा मुद्धा बिचारधिन रहेको छ । वडा कार्यालयले मुद्दाको छिनोफानो नहुँदा सम्मकोलागि स्थानीय शिक्षा ऐनको प्रयोग गर्दै वडा कार्यालयले बिद्यालय ब्यवस्थापन समिती गठन गरको हो । नव गठित बिद्यालय ब्यवस्थापन समितिको पदाधिकारीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख डा.कृष्ण पौडेलले अबिर टिका लगाई सफल कार्यकालकोलागि शुभकामना ब्यक्त गरेको थिए ।
गत असार ४ गते ब्यवस्थापन समिति गठन गर्न गरिएको भेलामा झगडा हुँदा क्यौँ मानिस घाईते भएका थिए ।


