लालबन्दी । शंकास्पद मृत्यु भएकी सर्लाहीकी किशोरीको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् ।
मृतक किशोरीको बुधबार जिल्ला अस्पताल मलंगवामा शव पोष्टमार्टम भईसकेपनि परिवारले शव बुझ्न नमान्दा शव जिल्ला अस्पतालमै रहेको छ । प्रहरीले मृतक भुजेलको दोषि पत्ता लगाई कानुन बमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरी न्याय दिलाउने भन्दै आश्वासन दिदाँपनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राती ११ बजेतिर घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजलेकी १६ वर्षीया छोरी प्रियंका भुजेलको गत मंगलवार राती कालिन्जोर खोलामा मृत अवस्थामा शव फेला परेको थियो ।
पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा किशोरीको शव फेला परेको हो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका युवकहरुले नै खोलामा युवतीको शव रहेको स्थान देखाएका हुन् । युवतीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले बुधबार लालबन्दीमा २ घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले भने थप अनुसन्धान र पोष्टमार्टमपछि युवतीको मृत्युको कारण खुल्ने जनाएको छ । यसैबिच, संघिय साँसद प्रमोद साहले मृत फेला परेकी प्रिंयका भुजेलको परिवारसँग भेट गरेका छन् । बिहिबार मृतक भुजेलको परिवारसँग भेट गर्न संघिय साँसद प्रमोद साह, लालबन्दी नगरपालिकाका नगरप्रमुख मान बहादुर खड्का, वडा अध्यक्षहरु, महिला अधिकारकर्मी लगायत पुगेका थिए । गत मंगलबार राति देखिनै हराईरहेकी मृतक भुजेलकी आमाको पनि ६ महिना अघि छोरालाई जन्म दिएपछि मृत्यु भएको थियो । साँसद साहले मृतक भुजेलको परिवारसँग भेट गर्दा साह्रै दुःख लागेको बताएका छन् । साँसद साहले यस्तो किसिमको जघन्य अपराध गर्ने अपराधिको पत्ता लगाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई सजाय दिलाउन सन्बन्धित निकायलाई आग्रह गरे । उनले पीडित भुजेल परिवारलाई राहत दिलाउनका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सकारात्मक रहेको बताए ।
साहले मुख्यमन्त्री राउतले दोषिलाई पत्ता लगाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता समेत जारी गरेका जानकारी गराएका थिए


