अपडेट 
२०७८ भाद्र ५, शनिबार ०८:४०

वीरगंज ।मधेस आन्दोलन पछि दोहरो नागरिकता लिएर नेपालको करोडौ रुपैया भारत पठाउने घटनाहरु दिनप्रति दिन बढदै गएका छन् ।अधिकांस दोहरो नागरिकता लिनेहरु बैकघोटाला,हुन्डिको कारोवार लगायत अर्बौको कर ठगी प्रक्रियामा सक्रिय रहदै आएका छन् । यस्तै विभिन्न गोरख धन्दा गरेर अरपति बनेका अतिस तुलस्यान नकली नागरिकता लिएको खुलासा भएको छ ।

भारत पूर्वी चम्पारण जिल्ला चकिया बिहारका मुल निवासी रामकृष्ण तुलस्यानको छोरा अतिश तुलस्यान दोहोरो नागरिक भएको तथ्य उजागर भएको हो । अतिशका पिता रामकृष्ण तुलस्यान रोजगारको तलाशमा बिहारबाट वीरगंज आई गोश्वारा रोडमा खाँट थापेर बिउ बिजन बिक्रीको काम गर्ने गरेका थिए । रामकृष्णको वीरगंज २ नम्बर रोड निवासी पशुपति लाल केडियाको छोरी प्रभा केडियासँग बिबाह भएको थियो । सानैदेखि चतुर र कपटी स्वभावका रामकृष्णले पछि जयकिसान सिड सेन्टर नामक पसल खोलेर तस्करीको माध्यमले अकुत पैसा कमाए । भारत पुर्वीचम्पारण चकियाको पुस्तैनी जग्गा जमीन र कारोबारमा भाईहरुसंग समेत बेइमानी गरेर रामकृष्ण तुलस्यान काठमाण्डौंसम्म कारोबार फैलाएका छन । रामकृष्ण तुलस्यान विशुद्ध भारतीय नागरिक हुन् तर उनकी श्रीमति प्रभा केडिया नेपाली नागरिक हुन् । यी दुवैका छोरा अतिश तुलस्यानले नेपाल र भारत दुवै देशको नागरिकता लिएर बसेका छन् । वंशज नागरिक रहेकी प्रभा केडियाको नाम समेत भारत बिहारको मतदाता सूचीमा रहेको छ । दोहोरो नागरिकताको बारेमा अतिशसँग बुझ्दा उनले पहिला स्वीकार गरेनन् पछि आफु यस्ता खाले लफडासँग कसरी जुधिन्छ त्यसबारे जानकार रहेको बताए । भारतीय आमा बुवा नागरिक भएपनि नेपाली नागरिकता कसरि लिएको बारे उनले आफनो प्रशासनमा राम्रो पकड भएको दावी गरे ।उनले भने, ‘देखिए यह कोइ बडा मेटर नहि है ,मेरा भि जिल्ला प्रशासन कार्यालयमे गहरा पकड है’ ।

रामकृष्ण र अतिश दुवै बाबुछोरा मिलेर नेपाल सरकारको राजश्व मारी अरबपत्ति बनेका छन् । अतिशले दोहोरा नागरिकताको फाइदा उठाउदै दुबै देशमा अर्बौको हेराफेरी र राष्ट्र बिरोधि गतिविधिमा संलग्न भएको बुझिएको छ । मधेस आन्दोलनबाट आएको नागरिकता विधेकको गलत प्रयोग गर्दै रामकृष्णका एक दर्जन भन्दा बढी भाई भारदारहरु बिहारी भएपनि नेपाली नागरिकता लिएर दुबै देशमा आफ्नो गोरख धन्दाहरु च्लाउदै आएका छन् ।रासस

Comment

Related News

Latest News

Trending News