जनकपुरधाम । घरमा जेठी श्रीमती हुँदा हुँदै दोश्रो विवाह गरेका पर्सा जिल्ला वीरगन्ज महानगरपालिकाका एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा ११ बस्ने २६ वर्षीय विकास कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटी गएको सादा पोशाकको टोलीले जिल्ला धनुषा जनकपुरधाम उप महानगरपालिका वडा नं. ४ स्थित मुरली चोकबाट पक्राउ गरी यस कार्यालयमा ल्याई वहुविवाह कसुरको अनुसन्धानको सिलसिलामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । उनले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टि.भी. जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाई गरि आफुले उक्त सामाग्रीहरू सप्लाई गर्ने भनि विभिन्न व्यवसायीहरूलाई ठगी सामग्रीहरू लगेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।


