जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीहरुलाई विपदमा गर्नुपर्ने क्रियाकलाप सम्वन्धि तालिम दिइएको छ ।
विपद सम्वन्धि कार्य गरिरहेका चारवटा संस्थाले आयोजना गरेको प्रयास परियोजनाले नगर प्रहरीहरुलाई दिएको चार दिने तालिममा विपद प्रतिकार्यका लागि सामुदायीक प्रयास अभ्यास गराइएको थियो । तालिमको समापनमा नगर प्रहरीहरुले चार दिन सम्म विपद सम्म लडनका लागि गर्नुपर्ने कार्यहरुको डेमो समेत प्रर्दशन गरेका थिए । कार्यक्रममा प्रशिक्षकले नगरप्रहरीहरुलाई बाढि पहीरो,भुकम्प जोखीम,आगलगीमा गर्नुपर्ने कार्यको चारदिन सम्म तालिम दिइएको र प्रशिक्षणबाट नगरप्रहरीहरु पुर्णरुपमा विपदसंग लडन तयारी रहेको र अभ्यासका कार्यहरु जारी राख्न सुझाव दिएका थिए । नगर प्रमुख लालकिशोर साहको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा मेयर साहले बातावरणको असन्तुलनले प्राकृतिक विपदा वढदो अवस्थामा रहेकोले प्रयास परियोजनाले नगरप्रहरीलाई दिइएको तालिमबाट विपदसंग लडनमा सहयोग पुग्ने वताए । उनले विगतमा भएको कमी कमजोरीलाई समाप्त पार्नका लागि नगर प्रहरीले पाएको एक्सट्रा दक्षताले जनकपुरधामको विपद व्यवस्थापन अझै सहयोग पुग्ने वताए । कार्यक्रममा नगरकि उपप्रमुख रिता झाले फोहर व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिका गम्भीर रहेको वताईन । उपमेयर झाले फोहर व्यवस्थापन गर्न विभिन्न किसीमको क्रियाकलाप सुरु गरिएको र फोहरलाई मोहर वनाउनका लागि कार्य भइरहेकोले छिटै नै नगरवासीले यसको आभाष पाउने जानकारि दिईन । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाम परिवर्तन भइसकेको मा दुइमत हुन सकिन्न तर पनि नगरप्रमुखले फोहर व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा ध्यान दिनका लागि आग्रह गरेका थिए । फुटपाथ व्यवस्थापन गर्नका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । त्यसैगरि शनिवार नै विपद व्यवस्थापन तथा आकस्मीक सेवा केन्द्रको औपचारिकरुपमा कार्यलय संचालन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमै समुदघाटन गरिएको सेवा केन्द्रले २४ औ घण्टा सेवा दिने नगर प्रमुख लालकिशोर साहले जानकारि दिए ।
कार्यक्रममा तालिमप्राप्त नगरप्रहरीहरुलाई सर्टिफिकेट प्रदान गरिएको थियो भने प्रदेश प्रहरीका एसएसपी,जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी,सेनाका प्रतिनिधी लगायतलाई सम्मान समेत गरिएको थियो ।


