अपडेट 
२०७८ भाद्र ६, आईतवार ०७:२८

प्रकृति र वैदिक दूबैविधान अनुसार जन्मदेखि मृत्युपर्यन्तसम्मका प्रमुख पर्वहरुका अतिरिक्त सोरह्औवटा संस्कारको पालन गर्नुपर्ने आप्mनो धर्म र परमकत्र्तव्य ठानी हामी मनाउंछौं,पुरा गर्छौं ! हामी चारै–वेद अठारहौं पुराणको मर्मलाई आत्मसाथ गरी, तथा लोक आस्था र विश्वासका आधारमा जे जति शक्ति हुन्छ सो अनुसार आ–आप् mनो कत्र्तव्य पालन गर्छौं । यसकारणले संसारका हरेक धर्म,संस्कृतिका मानिसहरु हाम्रा संस्कृतिलाई विराटताको संज्ञा दिएका छन् । मुलुक भित्र विभिन्न धर्म समुदायका मानिस जे जहां रहेबसेपनि उनीहरु सनातनीधर्मी नै हुन । सबैको संस्कृतिको आ–आफ्नो फरक पहिचान छ । त्यसै मध्येका एक हो मिथिला, मैथिली संस्कृति । प्राचीन गौरवमय इतिहास,समृद्ध साहित्य भाषा,गर्भगर्न लायकका ऊँच्च संस्कृति छन् । जो कुनैधर्म, समुदाय र त्यसको संस्कृतिसंग थोरैपनि मेल खाँदैन । मैथिलहरुले गर्ने, मनाउने अनेकौं पर्व–त्योहार मध्ये एउटा पर्व डोरी–धागो काट्ने र बान्धिने पर्वपनि हो । यसपर्वलाई बोलीचालीको भाषामा ‘रक्षाबन्धन’ र ‘झुलनोत्सव’ भनेर सम्बोधन गरिन्छ । यो दूबैपर्व साउन महिनाको पूर्णिमाकै दिनमा हुन्छ । साउन पूर्णिमाका दिन एकाविहानै विधिपूर्वक झुलनको डोरी काटिन्छ । त्यसपछि अर्कोतर्फ महिला,पुरोहितहरुद्वारा पुरुषको हातमा डोरी बान्धिने काम सुरु हुन्छ ।

झुलनोत्सवको आरम्भ

साउन शुक्ल तृतियाका दिन बेलुकीदेखी झुलन पर्व आरम्भ हुन्छ, र पूर्णिमाका दिन समापन गर्ने चलन छ । पन्द्रह दिनसम्म हरेक मठ–मन्दिर,तथा धार्मिक स्थलमा काठको एउटा विशेष प्रकारको पलना(पिङ्ग) तैयार गरेको हुन्छ । द्वतियाका दिन त्यो पिङ्गमा रेश्म मिश्रित कच्चा सूतबाट बेरिएर बनाएको डोरी पिङ्गकोबीचमा बान्धिन्छ । पिङ्गमा राम–सीता, लमक्षण, भरत,शत्रुधन, राधा–कृष्ण,शिव–पार्वती–रत्ती–कामदेव इत्यादि देवी देवताको प्रतिमालाई सजाएर आसिन गराउंछन् । सांझपखदेखि त्यो डोरीको सहायताले पिङ्गमा राखिएका देवी देउतालाई मठ मन्दिरका साधु,सन्त,महन्थ र साधारण पुजेरीपनि आलो–पालो गरी झुलाउंने काम अबेरराति (१२ बजे) सम्म गर्छन् । यो क्रम एकपख अर्थात् १५ दिनसम्म निरन्तर जारी रहन्छ । झुलाका लागी अाँप, कदम र गम्हारिको काठ नै उपयुक्त मानिन्छ । झुलनोत्सव पर्वमा एकातर्फ पलना–पिङ्गमा झुलाझुलाई रखेका हुन्छ । अर्कोतर्फ बाजा–गाजा, नाच– गान, तथा भक्ति गीत–संगीतको बांछिटा जारी राख्ने गरिएको हुन्छ । भूmलनोत्सवको बेस आकर्षण भनेको यही बेला नै हुन्छ । रासलीला, रामलीला, विभिन्न हास– परिहासका कुराहरुको प्रस्तुति आप्mनै शैलीमा साधु–सन्त वैष्णव समुदायका मानिसहरु गर्ने गरेका हुन्छन् । नृत्य नाटिका प्रस्तुति मठ–मन्दिरहरुमा गर्ने प्रथापनि छ । मनोरञ्जनकालागि नटुवाको नाचपनि गरिन्छ । यो अत्यन्त ‘मोहनगर(मनमोहक),सोहनगर(सुहाउने),रमनगर(रमाउने) तथा उछतगर(उत्तम)’ हुन्छ तर,आर्थिक कमीका कारण लोककलाकारहरुको जीवन धान्ने साधन क्षिन्न हुन लागकाले विभिन्न चालु किसिमका गीत–संगीत सो स्थान ओग्टन थालेको छ । राश नाचको साटो कतै–कतै छोकरबाजी नाच मात्र हुनेगरेको, झुलनोत्सव हुनेक्षेत्रमा हेर्न सकिन्छ । जुनसुकै देवी देउताका मन्दिर भएपनि झुलनोत्सव हर्षपूर्वक मनाउंने चलन भने वर्तमानसम्म कायम छ । झुलामा जुनदेवी देउताका फोटो–प्रतिमा राखेपनि सीता र राम नै सम्बोधन गरी भजन गाउने,पिङ्ग झुलाउने गरेको मिथिलामा परम्परा रहि आएको छ । कामुकता, मादकताको रसास्वादनको उत्तमश्रोत साउन महिनालाई मानिन्छ । यसमा झुलनोत्सव मानव मनभित्र बसेका त्यस्ता भावलाई हास–परिहासको माध्यमबाट जागृत गरी शान्त गरिदिन्छ । त्यसैले दिनरातको कामको थकाई मार्न र रमाउनपनि झुलन हेर्नेहरुको खुईचो लागेका हुन्छन् । प्रत्यक्ष पिङ्गमा नझुल्नेहरु भक्तिभाव संगै आफुलाई राम–सीता,राधा– कृष्ण जस्तै ठान्छन् र पिङ्गमा भूmलेको अनुभूतिपनि गर्छन् । भन्ने तर्क दिन्छन् जनपा ४ प्रजापति मन्दिरका महन्थ तथा साधु समाजका कृष्णदेव दास पण्डित ।

‘वैरिन ई मधुरगर मास श्रावणी हियामे टीस उठैए अनगिन्ती जौं संग ललना, पलनामे होए झुमे हृद्य भैर अङ्गनमा मोर जिया मचलल, हे सखी, भेल सउंसे नगरिया शोर’ !

कुण्ठाभाव, प्रेमातुर मानिस मन फुकाएर झुलन उत्सव पर्वमा रमाउंछन् । अध्यात्मिकता बाटो हुंदै आपूmलाई त्यसैमा सम्माहित गरिएको हुन्छ । यो यर्थात् कुरोको बोध झुलनोत्सवमा गाईने गीतको बोलबाट लोकगीत,भक्तिगीतबाट प्रष्ट हुन्छ । झूलनोत्सवमा गाईने धार्मिक भजन, लोकगीत, रास अथवा रासलीलाआदि सबैमा श्रृंगार रसको प्रचुरता भेटिन्छ ।

झुला लागल आमके डांइर झुले दुलहा–दुलहिन सरकार हे सखी !

त्रेतायुगीन संस्कार मिथिलावासीमा वर्तमानमा नभएपनि मिथिला सीता–रामका अनुयायीहरुले भरिएको मानिन्छ । तर, एकआर्काको अस्तिवलाईपनि अंगालेका छन्, स्वीकारेका छन् यो सन्देशपनि झुलनोत्सवले दिन्छ । उक्तगीतको हरफमा दुलहा राम जी लाई र दुलहनि सीता जीलाई सम्बोधन गरिएको हो । कृष्ण र राधाको प्रसंगलाई झ’लामा केलाउंदा यही गीतको पंक्तीलाई यसरी गाइन्छ –

झुला लागल कदमुवाके डाँइर झुले राधे–कृष्ण मुरारी सरकार हे हरी !

द्वापरयुगका नायक कृष्णको आगमण मिथिलामा औंलामा गनिने जति दिनकालागि भएका थिए । त्यसैले उनको अस्तित्वलाई पनि स्वीकारेका छन् । कदमको हरियो रुखको हांगामा डोरि बेरिएर राधा–कृष्ण झुला झुलेको प्रसंग उल्लेखित गीतमा वर्णनमा छ । राधाकृष्ण कदमको रुखमा र राम–सीता आँपको रुखमा पिङ्ग बनाइ झुलेका थिए । आँपकालागि अहिलेपनि मिथिला प्रसिद्ध छ । र, कृष्णको जन्मथलो हाल भारतको उत्तर प्रदेश राज्यको नन्दगाउँ बरसाने बृन्दावन तिर कदम कै रुख बढि़ पाइन्छ । कदम फलको वासना मद्यकारी र आँप पूmलको मधुकारी हुन्छ । राम–सीता तथा राधा–कृष्णको जीवनदर्शन पनि त्यसरी नै फरक छ । आँप र कदम दूबैप्रकृति प्रद्त बनस्पति हो । तर, कदमबाट मद्यकारी र आँपबाट मधुकारी (मह) जस्तो मिठासले जीवन जगतलाई मधुरमय बनाउन सन्देश छर्छन्, भने मद्य होस पु¥याएर ग्रहण गरिएन भने जीवन जगत दुःखदायी पनि हुन सक्छ । त्यसै अनुरुप कुनै उत्सवमा रमाउनु पर्छ भन्ने अन्तर्निहित सन्देश पनि यस लोकगीतमा लुकेका छन् ।

रिमझिम बरसत साओनमा बून्दिया छेदत हिया–करेज बलमुवा झुलाबे ना सजनिया हे ! सखी लगाब’ डोरी चनबारबा झुलब अपनेसभ बलमुवा बनि हे !

‘साउन महिनाको बांछिटाको पूmहार कलेजो दन्काइ दिने गर्छ,आप्mना प्रेमी श्रीमान्कोसंग चाहिन्छ । तर, श्रीमान् महोदय झुला झुलाउन नसकेकाले हे साथी अब आउ मेरो घरको बलेसीमा नै डोरी बान्धिएर तिमी नै श्रीमान् बनि झुलाई देउ, कम्तिमा मेरो हृद्यभित्र दन्किरहेका प्रेमाग्नि शान्त त’ हुन्छ’ । उल्लेखित श्रृंगारिक लोकगीतको पंक्तीको त्यही अर्थभाव छ । झुलनोत्सव कहिलेदेखी आरम्भ भयो त्यसको लिखितम् दस्तावेज छैन् । वैदिककालदेखी नै झुला झुल्ने गरेको वैष्णव समुदायका मानिसहरु तर्क दिन्छन् । जनकपुरधाममा भन्ने हो भने जानकी मन्दिरको स्थापना १७५वर्षअगि भएदेखी नै झुलनोत्सव मनाउने गरिएको कुरा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको भनाईछ । साउन महिनामा कुनै नकुनै शीवालयमा गएर शिवलिङ्गमा जलाभिशेष गर्नु मधुश्रावणि जस्तो पर्व मनाउनु, सोमवारी व्रत बस्नु, हरियो वस्त्राभूषण लगाउनु, सोही मधुरगर मस्ती प्राप्तिको अर्को साधन हो । हांस्य श्रृंगार र केहि मात्रामा विरह वेदनायुक्त गीत–गायन, अभिनयकला समेत नरनारीहरुले प्रस्तुत झुलनोत्सवमा गर्दछन् । झुलन उत्सव हरेक मानव मनलाई चञ्चल बनाई दिन्छ । श्रृंगारिक गीत,भजन मनोदशा बिकृत भएका प्राणीलाई झंकृत पारी दिने गर्दछ । अल्छी मानिसको मनलाईपनि पिङ्गको झुलाले डोलाई दिन्छ । तर, साउनको मदमस्तीमा आप्mनो संस्कार, संस्कृति, मान मर्यादा, समाजिक बन्धनलाई भंग गर्नु हुंदैन सोको कुरो माथी समेत दृष्टि पुंगाउने काम साउन महिनाका उत्सवहरुले गर्छन् । विधवा, कुमारी लोकलाजलाई त्याग नगरुन । त्यसैले कामुकता, मादकतायुक्त पर्वलाई अध्यात्मिक शक्तिसंग जोडेर, समाजिकतालाई एउटा ठुलो सूत्रसंग बान्धि दिएकोपनि छ । हामी यस बन्धनलाई रक्षाबन्धनको रुपमा परिभाषित गरेका छौं । र, यो लोकपर्वपनि साउन महिनाको समाप्तिका दिन मनाउने गर्छों ।

रक्षाबन्धन

रक्षाबन्धन दाज्यु–भाई,दिदी–वहिनीबीचको सिनेहबन्धको प्रतिकपर्व मानिन्छ । तराईक्षेत्रमा दाज्यु– बहिन र दीदी–भाइबीचको सिनेहबन्धनको रुपमा मनाउने लोकपर्व रक्षाबन्धन यसवर्ष आइतबार हुने भएको छ । रक्षाबन्धन नेपालका पहाडी समुदायले जनैपूर्णिमाको रुपमा मनाउंदै आएका छन् । यस परम्परागत पर्वकादिन खाश गरी ब्राह्मण समुदायले पुराणो जनेऊ हटाएर नयाँ जनेऊ धारणा गर्छन् । त्यस वाहेक समाजका इत्तरवर्ग रक्षाबन्धन राखी पुजनको रुपमा मनाउंछन् ।

धर्मशास्त्रमा रक्षाबन्धन :

रक्षाबन्धनको सम्बन्धमा सनातनधर्मीहरुको बैदिकग्रन्थमा उल्लेखित कथा अनुसार–‘परापूर्वकालमा बली नामका राजाले धेरै धर्म–कर्म गर्न लागेकाले स्वर्गक राजा इन्द्र चिन्तित हुन गयो । इन्द्रासन जाने त’होइन ? दानबराज बलीले सिंहासन झप्टीने हो कि, नानाथरीका शंका गर्न थालेपछि देवराज इन्द्र राजाबलीलाई बन्दी बनाएर राख्यो, त्यसपछि ग्रहका देवता बृस्पतिको आह्वान बलीले गरें । बृहस्पति देवता प्रकट हुनु भयो । राजाबलीलाई बन्धन मुक्त गराए । सोहि कालमा एउटा फरक किसिमका रक्षासूत बलीले इन्द्रलाई बान्धिदिए र इन्द्रको मनभित्रका आशंका निवारण भयो । बृहस्पतिको उपस्थितिमा रक्षासूत बान्धिएको दिन श्रावण पूर्णिमा थियो । सोही समयदेखी रक्षाबन्धन पर्वको थालनी भएको मानिन्छ ।

भाई–बहिनीबीचको पर्व रक्षाबन्धन कसरी भयो :

मुश्लिम बाहुल्य साशनकालमा नारी अस्मिताको रक्षा गर्न अन्य समुदायकालागि तत्कालीन समाजमा थेरै चुनौतीपूर्ण काम थियो । सो चुनौतीसंग लड्न र आफुलाई बचाएर राख्नपनि सो समयमा सहज थिएन । साशन व्यवस्था नै त्यस्ता थिए । मानिस कतै भागेर जानपनि नसक्ने र बिरोधमापनि उत्रिन नसकिने जस्ता दोधारे अवस्थामा बस्न बाध्य रहन्थे । तातकालीन समाजका बुद्धजीवीहरुले त्यस्तो असहज परिस्थितिमा नारी अस्मिताको रक्षाकालागि युक्ति निकाले । त्यही युक्ति आजको समयमा ‘रक्षाबन्धन’पर्वको रुपमा सर्वव्यापि निदानी बिधान भएको छ । चौदहौं शताब्दि तिर मुश्लिम शासक अल्लाउद्दीन खिजलीको समयमा ती राजाका सिपहा सलारहरुसंग आफु जोगिनलाई र आप्mना घर–परिवार, टोल–छिमेका महिलाहरुलाई समेत सुरक्षित राख्नकालागि महिलाहरु भाईचाराको नाता गाँसे । मुश्लिम शासक र तीनका कर्ताधर्ताहरुलाई हिन्दु महिलाहरुले दाजु–भाईको नाता कायम गरी तिनीहरुको हातमा प्रतिकारत्मक रुपमा एउटा सूत– धागो बान्हि दिने चलन चलाए । कुनै आपत विपती परेको खण्डमा तात्कालिन समाजका अगुवाहरुले दाजु–भाई, दीदी–बहिनीबीचको नाता कायम भएको भनि बोध गराई ज्यान मार्नेहरुबाटै ज्यान जोगाउन गुहार गथ्र्ये तथा आआप्mना इज्जत ज्यु ज्यान बचाउन र अस्मत जोगाउन, महिलाहरु सफल हुन्थिए । यसै प्रकारले दानवीय प्रवृतिका शासक अथवा उनको कारिन्दासंग बाच्नलाई मानवीयताको पालन गर्न गुण सिकाउने काम रक्षाबन्धनको बाटोबाट गराउं थियो । कलान्तरमा आएर क्रमशः सोकुरो अझै बिकसित तथा बिस्तारित हुन थाले । रक्षाबन्धन दाजु–भाई र दिदी–बहिनबीचको अति पवित्रपर्वको रुप धारण ग¥यो । साथै एउटा समान्य कच्चासूतको ठाउंमा बिभिन्न तरिकाका रंगीचंगी रक्षासूतहरु राखीको रुपमा प्रयोगमा मानिसहरु लिन थाले, सोको आधुनिक स्वरुप घडि आकारका राखीहरु तथा मोतीको माला जस्तो स्वरुपमापनि प्रयोगमा ल्याउन थालेका छन् । राखीको आकार अनुसार दामपनि फरक फरक हुन्छ । अहिले १५देखी २५ सय सम्मको राखी जनकपुरको बाजारमा पाइन्छ । सांस्कृतिक परम्पराको प्रतिस्पर्धामा कपास, सिमरका रुईमा रेश्म समेतको समिश्रणबाट बनाइने राखी पाउनु गाहे भएकोछ । स्पोंज, प्लास्टिक युक्त सामग्रीबाट बनेका राखीहरु नै बजारमा सार्वाधिक पाइन्छ , जो वातावरणीय हिसाबले समेत उपयुक्त छैन् । तर मानिसको मनमा त्यस्तै किसिमका राखी घर बनाइ सकेका छन् । यसपर्वमा पनि देखासीखीले अर्थाभावबाट लचरिएका बहिनी–दिदी, दाजु–भाईमा कुण्ठा समेत उत्पन्न गराई रहेका हुन्छ । पहिला एउटा समान्य सूत बान्धिएर जीवनभरिका रक्षाका बचन लिने दाजु भाईसंग अचेल दिदी बहिनीहरुले पनि रक्षाबन्धनमा मोटो रकम, गहना जेबर आदि उपहार लिने प्रचलन चलि आएको छ । दिदी बहिनी नभएकाले पुरोहितबाट मन्त्रोच्चारन साथ हातमा राखी बनाउने गर्छ । समय परिस्थिति बदलिए पनि रक्षाबन्धनको मूलमर्म समाजमा अहिले पनि त्यहीं हो । जुन उद्देश्य प्रारम्भमा बोकेर रक्षाबन्धनको सुरुवात भएको थियो । संस्कृति संरक्षण–सम्बद्र्धन गर्ने अभिप्रायका साथ रक्षाबन्धनको उद्देश्य मानिसले बिर्सेका छैन्न । केही विकृत रुपमै भएपनि रक्षाबन्धनपर्व मनाउने तरिकापनि परिस्कृत भएको छ । तथापि मूलउद्देश्य आजपनि त्यहिं हो,हिजोपनि त्यहिं थियो–‘नारी अस्मिताको रक्षा,दाजु भाइको दीर्घआयुको कामना’

Comment


Related News

Latest News

Trending News