अपडेट 
२०७८ भाद्र ६, आईतवार ०७:४९

गौर । रौतहटमा प्रहरी विरुद्ध समाचार लेख्दा एक पत्रकारलाई प्रतिबन्धित लागूऔषधको मुद्दामा फसाउन लागेको नेपाल पत्रकार महासंघ रौतहट शाखाले आरोप लगाएको छ ।

एउटा अनलाइन पोर्टल संचालकको मोटरसाइकलमा प्रहरीले लागूऔषध राखेर गरिएको फसाउने कार्यप्रति महासंघले ध्यानाकर्षण गर्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न माग समेत गरेको छ । साउन ३२ गते साँझ फोन गरेर गौर नपा– १ जिल्ला अदालत नजिक खाजा खान बोलाएर होटेल अगाडी पार्किंग गरि राखिएको बीआर ३० १८८७ नम्बरको ग्लेम्बर मोटर साइकलको हेडलाइट मुनि घुमुवा प्रहरीले लागूऔषधसहित कालो प्लास्टिक राख्न लगाएको बताइएको छ । झोलामा रहेको लागूऔषध नाईट्रो भेट ७ पता (१०५ थान) लगाई खाजा खाएर होटेलबाट निस्केका रौतहट एक्सप्रेसका संचालक संचारकर्मी मोहमद मोजिबुल्ल्लाहलाई होटेलमै बसेका घुमुवा प्रहरीले पक्राउ गरेको थियो । उक्त घटनाको नेपाल पत्रकार महासंघ रौतहट शाखाले शनिवार पर्दाफास गरेको हो । नेपाल पत्रकार महासंघले होटेलको भुइँतल्लामा जडान गरिएको सिसि कैमराको फुटेज सार्वजनिक गर्दा प्रहरीले लागुऔषध हाल्न लगाएको र निर्दोष व्यक्ति २ जनालाई पक्राउ गरि फसाएको पुष्टि भएको छ ।

रेकर्ड भएको फुटेज अनुसार बेलुकी करिव ४ बजे मोटर साइकल लिएर पुगेका मोजिबुल्लाह राती करिव साढे सात बजे निस्केको देखिन्छ । घुमुवा प्रहरीका प्रहरी सहायक निरीक्षक उदय यादव , प्रहरी जवान मनोज साह र दिनेश यादव मोटरसाइकल लिएर पत्रकारको मोटर साइकल पार्किंग गरिएको ठाउँमा आउँछ त्यसको केहि छिन पछि हिरो होण्डा स्पेलेण्डर मोटर साइकलमा सेतो हेल्मेट लगाएको व्यक्ति कालो रंगको बैग लिएर दुइ जना सित पुगेको देखिन्छ । पहिलादेखि आएका करिव ७÷८ जना घुमुवा प्रहरी त्यहि बसेको हुन्छ र पछि आएका सेतो हेल्मेट लगाएको व्यक्ति मोजिबुल्ल्लाहको गाडी आगाडी बसेर कहाँ राख्ने भने हेर्छ आम नागरिकको चहल पहल भैरहेको देखेर केहि समय अलमलिन्छ सुनसान हुने वितिकै पहिला देखि लिएर आएको लागु औषध मोटर साइकलमा हालेर आफ्नो मोटर साइकल लिएर फर्किन्छ तर घुमुवाको टोली समात्नका लागि त्यहि बसेको हुन्छ । पक्राउ परेका मोजिबुल्लाह र शेख गुलाव होटेलबाट खाजा खाएर निस्किन्छ । मोटर साइकल चालु गरि घर तिर फर्किदा घात लगाएर बसेका घुमुवाको टोली नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुगेर भोलि लागुऔषधसहित २ जना पक्राउ परेको भनि जारी गरेको सुचना पछि नेपाल पत्रकार महासंघले निर्दोषलाई प्रहरीले फसाएको अनुमान गरि घटना स्थलबाट सिसि कैमराको फुटेज कव्जा गर्न सफल भएर सार्वजनिक गर्दा प्रहरीको कर्तुत बाहिर छर्लंग भएको हो । समाचारको बदला लिने कार्यमा प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाको विशेष भुमिका रहेकोले उहा माथि छानविन गर्न पत्रकारहरुले माग समेत गरेको छ । नेपाल पत्रकार माहासंघले आव्हान गरेको बैठकमा प्रमुख आतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले भिडियोले प्रहरीको कर्तुत प्रस्ट देखिएकोले दोषी प्रहरी माथि कानुनी कार्यवाही गर्न माग गरेका छन् । उहाले कसैको बहकाउमा परेर निर्दोष व्यक्तिलाइ अपराधी सावित गर्ने कोशिस प्रहरीको कार्य निन्दनीय भएको बताए । एक ढिक्का भएर हिड्नु पर्ने सुझाव दिदै केन्द्रिय सदस्य पुरीले पक्राउ गरिएका संचारकर्मी मोजिबुल्लाहलाइ तत्काल रिहा गर्न माग गरे । घटनामा सजिस गर्ने गराउने प्रहरी कर्मचारीलाइ छानविन टोली गठन गरेर कानुनी कार्यवाही गर्नु पर्ने जोड दिए ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार शैलेन्द्र गुप्ता , प्रभात कुमार झा , फनिदेव महत , नेपाल पत्रकार महासंघका जिल्ला सभापति प्रेम चन्द्र झाले योजनाकार प्रहरी अधिकारी , प्रहरी जवानलाइ कानुनी दयारामा ल्याएर कानुनी कार्यवाही नगरे प्रहरी विरुद्ध चर्को आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News