अपडेट 
२०७८ भाद्र ६, आईतवार १५:४३

चाडपर्वमा भीडभाड नगर्न गृहमन्त्रालयको अनुरोध गरेको छ ।

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भीडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको हो। मन्त्रालयले विज्ञप्ति जारी गरी साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकतामा मात्र मनाउन सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको छ । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलको भनाइ छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि अहिले काेराेना संक्रमण वढिरहेकाले जनै पूर्णिमासँगै सोमबार हुने गाईजात्रा भीडभाड नगरी मनाउन अनुरोध गरेको छ। स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न उहाँले अनुराेध गर्नुभएकाे छ।

Comment


Related News

Latest News

Trending News