२०७८ भाद्र ७, सोमबार ०६:४७

जनकपुरधाम ।बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जानकी मन्दिरको विद्युतिकरणको क्रममा अनियमितता गरेको आरोपित लेखापाल सावित्री गिरिले महत्वपूर्ण कागजात नष्ट गर्ने जोखिम रहेको स्रोतहरुले जनाएका छन् ।

लेखापाल गिरिले ८० लाख रुपैया विद्युतीकरणको बजेटबाट हात पारेको आरोप लागेको छ ।प्रदेश २ को सरकारले १२ करोड मध्ये साढे ७ करोड निकासा गरिसकेर ठेकदार कम्पनी क्षमादेवी कन्सट्रक्सनको नाममा भुक्तानी भइसकेको छ । लेखापाल गिरिले विगतमा पनि बृहत्तरको सम्पूर्ण कागजातहरु जलाएको आरोपमा एक दशक भन्दा बढी समय निलम्बनमा परेकी थिईन् ।ठेक्का सम्बन्धी महत्वपूर्ण कागजातहरु गिरिको हातमा रहेकाले त्यो फेरी नष्ट गर्न सक्ने संभावना रहेको बताइन्छ । स्रोतहरुका अनुसार गिरिलेपनि सो रकमबाट काठमाण्डु उपत्यकामा घर जग्गा जोडेकीछिन् ।कार्यालयमा भएको सबै अनियमिततामा उनको संलग्नता रहेको बताइएकोछ । बृहत्तर क्षेत्र विकास परिषदमा अन्य अनियमितताको फेहरिस्तपनि लामै रहेको स्रोतहरुले जनाएका छन् ।कामै नगरि कयौं योजनाको रकम निकासा गरिसकेको छ ।त्यस मध्ये जानकी मन्दिरमा सोलारका लागि छुट्टयाइएको ५९ लाख मध्ये १६ लाख निकासा भइसकेपनि हाल सम्म कामको अतोपत्तो छैन् । झण्डै ४ करोड रुपैया अझै भुक्तानी हुन बाँकी छ ।असार महिनाको ३० गते अबेर राती सम्म रकम झिक्ने प्रयास भएपनि कमिसनमा कुरा नमिलेपछि रोकिएको बताइन्छ ।बृहत्तरका लेखापाल गिरि र कार्यकारी निर्देशक बलराम ठाकुरले सो दिन अबेर राती सम्म रकम झिक्न अनेक जुक्ति लगाएका थिए ।

स्रोतहरुका अनुसार प्रदेश सरकारको छानविन समितिले जानकी मन्दिरको विद्युतीकरण सम्बन्धी सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिने भएकोछ ।प्रदेश सरकारको बजेटमा प्रारम्भिक चरणदेखि नै अनियमितता भएको प्रमाणहरु सार्वजनिक भएपछि ३ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले बृहत्तरलाई नै कागजातको संरक्षण गर्न पत्राचार गरेपनि नष्टको जोखिम उच्च देखिएकोले योजनासित सम्बद्ध सम्पूर्ण कागजातहरु झिकाउने तयारी गरेको छ ।दोषी देखिनेलाई कार्वाहीका लागि समितिले सिफारिस गर्ने बताइएकोछ ।

Comment


Related News

Latest News

Trending News