बारा । बाराको जीतपुर सामुदायिक सक्रिय बचत तथा ऋण सहकारी संस्था, जीतपुरमा धाँधली पुर्ण रुपमा प्रक्रिया नै न पुरा गरी पदाधिकारीहरु चयन गरेको पाईएको छ ।
आपसी मिलामतोमा भ्रष्ट्रचार गर्ने नियतले भाडाको गुण्डाहरुको बलमा नियम प्रक्रियाको धज्जी उडाउँदै कार्यसमिती लगायत अन्य उपसमितीहरु चयन गरिएको बहुसङ्ख्यक शेयर सदस्यहरुको आरोप रहेको छ । भ्रष्ट्रचार गरेको आरोपमा बारम्बार संस्थामा आन्तरिक कार्बाही खाएका ब्यवस्थापक शम्भु रामको योजनामा ब्यवस्थापन समिती गठन भएको संस्थाका निबर्तमान अध्यक्ष दुर्गा रिजालले बताउँनुभयो । तलब बृद्धिमा चित्त नबुझेको भन्दै सहकारीको सर्बोच्च निकाय कार्यसमितीले २०७८ साल असार ३० गते सय प्रतिशत सञ्चालक सदस्यहरुको सहमतीमा गरेको मान्युट निर्णय कलमले केरेर काटेको भन्दै कार्यसमितीले हात जोडायर ब्यवस्थापक रामलाई माफि माग्न लगाएको थियो । अब देखि गल्ती न गर्ने भनेर माफि मागेका ब्यवस्थापक रामले भाडाको गुण्डाहरुको भरमा धाँधली गर्दै जातीयताको भ्रम छर्दै मुलसमिती र उप समिती गठन गरेका छन् । पहिलाका दिनहरुमा कार्बाही गर्नमा महत्वपुर्ण भुमिका खेलेका अध्यक्ष सहितका सञ्चालकहरुमाथि जाईलाग्ने योजनाको साथ दलबलका साथ ब्यवस्थापक राम उपस्थित थिए । आफहरुमाथि जाईलाग्ने र जसरी भए पनि धाँधली पुर्ण तरिकाले पदाधिकारीहरु चयन गर्ने योजना थाहा पाएका अध्यक्ष सहितका पुर्ब सञ्चालकहरु निर्वाचन प्रक्रियाहरु बाहिष्कार गरी हिँडेका थिए ।
यता गठन गरिएको निर्वाचन मण्डलमा तीन सदस्सीय भनिएपनि त्यसलाई आफुखुसी ब्यवस्थापक रामले ४ सदस्सीय बनाएका थिए । एउटा ब्यक्तिलाई एक पदमा उम्मेदवारी दिन भनिए पनि एउटा मान्छे एक भन्दा बढी पदमा उम्मेदवारी दिन ब्यवस्थापक रामले लगाएका थिए । आपसी मिलामतोबाट गठित निर्वाचन मण्डलले पनि त्यसलाई सहजै स्वीकार पनि गरेको थियो । संस्थाका निबर्तमान अध्यक्ष दुर्गा रिजालले संस्थाको हितकोलागि भ्रष्टचार मुक्त सहकारी निर्माण गर्ने उदेश्यको साथ आफु लागेकाले धाँधली पुर्ण पदाधिकारी चयन गर्ने प्रक्रियामा साथ दिएका सम्पुर्ण बिरुध अदालतमा उजुरी दिने प्रक्रियामा रहेको जानकारी दिनुभयो । बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरले नियम ,प्रक्रिया मिचेर पदाधिकारी चयन गर्ने अधिकार कसैलाई नभएको बताउँनुभयो । नियम मिचेर चयन गरिएको पदाधिकारीहरु बैद्य नहुने भएकाले सत्यताको लडाईमा सधै आफु सत्यको साथमा रहने जानकारी दिनुभयो ।
जीतपुर सामुदायिक सक्रिय साकोस जीतपुरले बार्षिक रुपमा करिब ७ करोडको कारोबार गर्दै आएको छ ।


