अपडेट 
२०७८ भाद्र ७, सोमबार ०७:३६

राजविराज । भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन आइतबार तराई मधेशका जिल्लाहरुमा धुमधामका साथ मनाइएको छ ।

सप्तरीको ग्रामीण तथा शहरी क्षेत्रमा आईतवार विहानै देखि दिदीबहिनीले नुहाई धुवाई गरी विभिन्न पवित्र धागोले बनेको रंगीचंगी राखीहरु थालमा सजाएर आ आफना दाजु भाईको हातमा बाँधेर मिष्ठान भोजन खुवाउदै दाजु भाईको दीर्घायुको कामना सहित रक्षाबन्धन पर्व मनाएका हुन् । यो पर्व मनाउन आवश्यक पर्ने राखी र प्रसाद सामग्रीको पसलमा विहानैदेखि भिड लागेको छ । ग्राहकको रोजाईमा परेका राखीको डिजाईनको माग र त्यसको आपुर्ती गर्न ब्यापारीहरुलाई भ्याई नभ्याई देखिएको थियो । राजविराजको ब्यस्त बजार मानिएको राधाकृष्ण मन्दिर हटिया क्षेत्रमा मात्रै राखीको पाँच दर्जन भन्दा बढी पसलहरु खोलिएका छन् । मिठाई पसलमा पनि भिड उत्तिकै लागेको थियो । घर र बजार पनि विहानै देखि रक्षाबन्धनको गीतले गुन्जयमान बनेको थियो । कोरोनाको जोखिमका कारण भारतीय सिमासंग जोडिएका नाकाहरु बन्द रहेका कारण भारतमा रहेका दाजु भाई र दिदी बहिनीलाई भने आफन्त कहाँ पुग्न निकै समस्या भोग्नु प¥यो । पर्व मनाउन भारतीय सिमाबाट नेपाल सिमा सम्म पैदलै हिडेर आएका उनीहरु निकै कष्टका साथ गनतब्य सम्म पुग्नु पर्ने बाध्यता रहेको गुनासो गर्दै नाका खुलाउन माग पनि गरेको देखिन्थे । राखी बाँधे पछि भाईबहिनीको प्रेम सम्बन्ध अझ बढ्ने धार्मीक विश्वासका साथ यो पर्व मनाईन्छ ।

भाईबहिनी विच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाउने यो पर्व मिथिलाअञ्चल क्षेत्रको साँस्कृतिक पर्व मानिन्छ ।

Comment

Related News