अपडेट 
२०७८ भाद्र ७, सोमबार १२:३२

नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रौतहटको परोहा नगरपालिका घर भएका बिन्दबासिनी सहनी उर्फ ‘बीरवासनी’को भारतमा हत्या भएको छ ।

भारतको मोतिहारीमा उनलाई अज्ञात समूहले गोली हानेर हत्या गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  बताए । परोहा नगरपालिकास्थित बसन्तपट्टीटोलका सहनी नेपाल प्रहरीको खोजी सूचीमा थिए । रौतहटमा विभिन्न अपराधमा संलग्न ४५ वर्षीय सहनी लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । उनी वसन्तपट्टी गाविसका पूर्वअध्यक्ष जोगिन्द्र सहनीका छोरा हुन् । शुक्रवार विहान बिहारको  मोतिहारी जिल्लाको पूर्वीचम्पापुर बखरी  नजिकै मोटरसाइकलमा हिँडिरहेका बेला सहनीलाई गोली हानेर हत्या गरेको तस्बिर सार्वजनिक भएको छ । उनी डेढ दशकदेखि सिमावर्ती भारत बस्दै आएका थिए । हत्या, अपहरण, फिरौती लगायतका  मुद्दामा संलग्न सहनी द्वन्द्वकालमा प्रहरीको सहयोगी थिए ।

Comment


Related News

Latest News

Trending News