अपडेट 
२०७८ भाद्र ८, मंगलवार ०६:४४

जनता समाजवादी पार्टीको अगामी ११ गते हुने भनिएको प्रशिक्षण कार्यक्रमकोलागि जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलको सोमवार अबलोकन गरिएको छ ।

प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादव, निवर्तमान कानुन मन्त्री ज्ञानेन्द्र यादव र जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले संयुक्त रुपमा अवलोकन गरेका छन् । ११ गते हुने भनिएको प्रशिक्षण कार्यक्रममा ठूलै भीडभाड रहने भएकाले त्यति क्षमताको सभाहल खोजि गर्दै जसपाका नेताहरु जनकपुरधाम उद्योग बाणिज्य संघ पुगेका थिए । सोहि अवसरमा जनकपुरधाम उप–महानगरपालिकाको लगानीमा उद्योग बाणिज्य संघमा निर्माण गरिएको किचेन र स्टोर रुपको मेयर साह, मन्त्री यादव र निवर्तमान मन्त्री यादवले गरेका थिए । जनकपुरधाम उप– महानगरले गत आर्थिक बर्षमा बाणिज्य संघमा किचेन र स्टोर रुम निर्माण गर्नुका साथै कार्यालय देखि लिएर सभा हल सम्मको मर्मत सम्भार गरेका थिए । यता, जनकपुरधाम उद्योग बाणिज्य संघले तीनै जनालाई सम्मान समेत गरेका थिए । संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह लगायतको उपस्थितिमा तीनै जनालाई सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News