
जनकपुरधाम । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि क्रियासिल सदस्यताको विवाद टुंगिएसँगै वडा अधिवेशनको चहलपहल सुरु भएकोछ । वडा अधिवेशन भदौ १८ गते हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।काँग्रेसको नेतृत्वका लागि वडामा पनि सभापति चयन गर्न रस्साकस्सी नै छ ।सर्वसम्मतीबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ । तर सबै भन्दा बढी ध्यान अहिले प्रदेश सभापतिमा केन्द्रित देखिन्छ ।पहिलो पटक काँग्रेसमा प्रदेश सभापति र समितिको निर्वाचन हुन लागेको छ ।काँग्रेसमा हाल सम्म प्रदेश स्तरीय समिति बनेको छैन् ।तर विधानमा प्रदेश समितिको व्यवस्था रहेको छ । देशमा अन्य निकायहरुमा संघीयताको अभ्यास हुने क्रममा प्रादेशिक संरचना निर्माण भएपनि सबै भन्दा ठूलो लोकतान्त्रिक दल काँग्रेसमा त्यो संरचना बनिसकेको छैन् ।काँग्रेसको विधान अनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रो पटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश२ मा सभापतिका उम्मेदवारको संख्या बढी देखिएको छ । प्रदेश सभापतिका उम्मेदवार धेरै भएकाले केन्द्रिय सभापतिका उम्मेदवार विमलेन्द्र निधिका लागि गलफाँसो हुने भएकोछ ।निधि निकटका सभापतिहरु नै प्रदेश सभापतिमा उम्मेदवारी दिने दावी गरेका छन् । प्रदेश सभापतिका आकांक्षीहरु निधि निकटका नेताहरु रहेकाले उनलाई खुल्न समस्या देखिएको छ ।राष्ट्रिय महाधिवेशन अगावै प्रदेश अधिवेशन हुने भएकाले सभापतिको उम्मेदवार चयन गर्न नेता निधिका नेता निधिका लागि सकस हुने भएकोछ । प्रदेश सभापतिमा नेपाली काँग्रेस प्रदेश २ संसदीय दलका नेता समेत रहेको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्र कुमार यादव र रौतहटका सभापति कृष्णा यादव उम्मेदवारी दिने तयारी गरेका छन् ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिने कृष्णा यादव, महेन्द्र कुमार राय र नेता निकट रहेका रामसरोज यादव र दिनेश यादवले सभापतिमा नेता निधिको समर्थन रहने विश्वास गरेका छन् । नेता निधिले सभापतिमा सर्वाधिक मत प्रदेश २ बाट नै प्राप्त गर्ने विश्वास लिएका छन् ।काँग्रेस नेताहरुका अनुसार त्यो अस्वभाविकपनि होइन् ।तर प्रदेश २ मा जिल्ला सभापति र प्रदेश सभापतिमा उनलाई खुलेर कसैको पक्षमा लाग्न सहज भने छैन् ।कुनै एउटा पक्षमा लाग्दा उनको बिरोधी पक्ष बलियो हुने संभावना छ । प्रदेश सभापतिका लागि प्रत्याशीहरु मध्ये कसैलाई उम्मेदवार हुनबाट रोक्नुपनि नेता निधिका लागि प्रत्युतपादक हुन सक्छ ।प्रदेश २ मा उनको बलियो पकडलाई खुस्काउन जिल्ला र प्रदेश अधिवेशनमा अन्य प्रतिद्वन्दीले खेल्नेछ । क्रियासिल सदस्यको टुंगो लागिसकेको बताइएपनि कुन जिल्ला कति संख्या र नाम हाल सम्म सार्वजनिक गरिएको छैन् ।भदौ १८ गतेको वडा अधिवेशनको निर्धारित तिथि परिमार्जन हुन नसक्ने भएकाले त्यस अगावै टुंग्याउनु पर्ने बाध्यतापनि छ । प्रदेश २ को बारा र सप्तरी जिल्ला समेत १३ वटा संसदीय निर्वाचन क्षेत्रमा क्रियासिल सदस्यको बिबाद रहेको छ ।हरेक महाधिवेशनमा विवादित बन्ने गरेको धनुषामा भने यस पटक विवाद सुल्झिएको बताइएको छ ।क्रियासिल सदस्यताका लागि गत महिना केन्द्रिय कार्यालयमा धनुषाका नेताहरुले धर्ना र अनशन गरेका थिए । प्रदेश सभापतिका लागि दोस्रो पुस्ताका नेताहरु उम्मेदवारीको तयारीमा रहेपनि जिल्लाहरुमा भने युवा नेताहरु सभापतिका लागि प्रतिष्पर्धा गर्ने देखिएको छ ।धनुषामा आधा दर्जन युवा नेताहरु सभापतिको दौडमा छन् । युवा नेता राजकिसोर सिंह, सन्तोष यादव लगायतले सभापतिका लागि उम्मेदवारी दिने तयारीमा जुटिसकेका छन् ।
जिल्ला अधिवेशनमापनि प्रदेश सभापतिका उम्मेदवारहरु खुल्ने स्थिति नरहेको काँग्रेस महोत्तरी औरही नगरपालिकाका मेयर समेत रहेका युवा नेता अनिल यादवले बताए । वडा अधिवेशनहुँदै राष्ट्रिय महाधिवेशनमा पुग्न मंसिर सम्म लाग्नेछ ।२०७२ सालमा १३ औं महाधिवेशन भएको थियो ।