अपडेट 
२०७८ भाद्र ८, मंगलवार १७:२०

बितेको २४ घण्टामा २५०० जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २०८६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ । हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News