२०७८ भाद्र ९, बुधबार ०६:५१

धनुषाको मिथिला बिहारी नगरपालिकामा एक युवाले श्रीमती र बुवाको घाँटी कसेर हत्या गरेका छन् ।

हत्या गरी शव घर नजिकैको आँप बगैचामा गाडेको अवस्थामा मंगलवार फेला परेको छ । मिथिला बिहारी–५ ललियाका ३५ वर्षीय भागेश्वर मण्डलले ३० वर्षीया श्रीमती अमृता कुमारी मण्डल र ५५ वर्षीय वुबा रामवृक्ष मण्डललाई डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए । ‘हत्या गरी घर नजिकै छिमेकी रामनाथ मण्डलको आँप बगैचामा तीन फिट गहिरो खाल्डोमा शव गाडेको अवस्थामा फेला परेको हो’ बस्नेतले भने, शव गाडेको खुलासा अभियुक्तले नै गरेका हुन् । सोमबार मध्यराती घरायसी विवादमा फरुवा र लाठीले कुटपिट गरी युवकले श्रीमती र बुवाको डोरीले घाँटी कसेर हत्या गरेको बस्नेतले बताए । एउटै खाल्डोमा बुहारी र ससुराको शव गाडेको अवस्थामा फेला परेको थियो । श्रीमती र बुवाको हत्या आरोपमा भागेश्वरलाई पक्राउ गरिएको उनले जनाए । ‘कुटपिटपछि घाइते श्रीमती र बुवालाई डोरीले घाटी कसेर हत्या गरिएको छ ’डीएसपी बस्नेतले भने ,‘श्रीमती र बुवाको हत्या गरेका छोराले मध्यरातमै छिमेकीको बगैचामा कोदालो लिएर खाल्डो खनेर शव गाडेका थिए ।’ खाल्डोमा शव गाडेर हत्याको घटना लुकाउने प्रयास मण्डलले गरेको उनले बताए । मण्डल मंगलबार बिहान घरमै झोक्राएर बसेको अवस्थामा २ जना छोराछोरी रोइकराई गरिरहेका थिए ।

निकै बेरदेखि बच्चा कराई रहेको देखेर स्थानिय घरमा पुग्दा हत्या भएको घटना सार्वजनिक भएको थियो । हत्या बारे स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगतै घरमा पुगेका प्रहरीलाई प्रारम्भिक अनुसन्धानकै क्रममा श्रीमती र वुबालाई हत्या गरेर गाडेको भागेश्वरले स्वीकारेको डीएसपी बस्नेतले बताए । घटनास्थल नजिकैबाट हत्या गर्न प्रयोग भएको डोरी र खाल्डो खन्न प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ । गाडेको शव उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्याको घटना जानकारी पाउना साथ घटनास्थलमा प्रहरी चौकी ललिया, इलाका प्रहरी कार्यालय धनुषाधाम र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली पुगेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । श्रीमती र बुवालाई हत्या गरेका मण्डल एक वर्ष अघि वैदेशिक रोजगारबाट फर्केका थिए । वैदेशिक रोजगारबाट फर्केपछि श्रीमान श्रीमती बीच पटक पटक विबाद भएको स्थानिय बताउँछन । उनको २ छोराछोरी छन् । पटक÷पटक विदेश गएका मण्डल कयौं वर्ष उतै बिताए ।घरमा रहेकी पत्नी र पिताबीच अबैध सम्बन्ध रहेको आशंका मण्डललाई भएको हुन सक्ने स्थानीयहरुको कथन छ । गत फागनुमा विदेश गएका मण्डल चैत महिनामै फर्केका थिए ।त्यसपछि परिवारमा कलह सुरु भएको थियो ।पितासित समेत सम्बन्ध राम्रो नरहेको मण्डलको पत्नीसितपनि नियमित झगडा हुने गरेको स्थानीयहरुको कथन छ ।

विदेशमा रहेको बेला पिता र पत्नीबीच अबैध सम्बन्ध स्थापित भएको मण्डलको आशंका बढदै गएर हत्याको परिणाम सम्म पुगेको हुन सक्ने स्थानीय बासिन्दाहरुको अनुमान छ ।रोजगारीको क्रममा विदेशिएका परिवारमा विकृतीहरु देखिएको र त्यसकारण अकल्पनिय घटनाहरु हुने गरेका छन् । वैदेशिक रोजगारीले जिवनस्तरमा सुधार भएसँगै बिकृतीहरुपनि धेरै बढेको जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पर्ने उजुरीहरुबाट देखिन्छ ।लामो समय विदेशमा रहेर फर्किने युवाहरुको घरमा पत्नीप्रति अनेक आशंका गरिने र सम्बन्ध विच्छेद सम्मको अवस्था आउने गरेको देखिन्छ । नेपालमा धनुषा , सिरहा, महोत्तरी जिल्लाबाट भारी संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजागरीको कारण समाजमा हाडनाता करणी लगायत कयौं अपराधिक कृयाकलाप बढेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News