२०७८ भाद्र ९, बुधबार ०७:१३

जनकपुरधाम । प्रदेशमा अपराधिक क्रियाकलाप बढ्दै गरेको बेला मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा व्यवस्था बलियो बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

प्रदेशको सुरक्षा व्यवस्था बारे जानकारी लिन मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्था बारे व्रिफिङ्ग गरेका थिए भने आगामी योजना बारे समेत जानकारी गराएका थिए । बैठकमा प्रमुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरुका साथै प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सि.पी.गौतम , धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाली सेनाका नि. बाहिनीपति महासेनानी पूर्ण प्रसाद ढकाल सहितको उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News