अपडेट 
२०७८ भाद्र ९, बुधबार ०७:२१

जनकपुरधाम । महोत्तरीका लोहापट्टी नपा पररियाका शेष इलियासको खेतमा अन्य वर्ष भन्दा यस वर्ष धान राम्रो सप्रेको छ ।

नियमित वर्षा हुँदा धान फस्टाएको छ । तर, धानमा मल हाल्न नसक्दा धान फल्ने नफल्ने चिन्ताले उनलाई पिरोलेको छ । स्थानिय बजारमा पर्याप्त मल नपाउँदा शेष इलियासले एक बिग्हामा लगाएको धानमा आवश्यकता अनुसार मल हाल्न सकेका छैनन् । समयमा निरन्तर राम्रो वर्षा हुँदा धान वाली राम्रो हुर्केको छ, उनल भने, ‘ धान हुर्कि सक्यो । तर मल हाल्न सकेको छैन । बजारमा मल छ । तर खेतमा पुग्ने मल पाउन सकेको छैन । भएको मल पनि चर्को मुल्यमा खरिद गर्नु पर्ने बाध्यता छ ।’ धनुषा र महोत्तरीका किसानहरु मल पाउन नसक्दा चिन्तित छन् । समयमा मल नपाउँदा धान उत्पादनमा हस हुने सम्भावना बढेको जनकपुरधाम उप महानगरपालिका–२५ लोहनाका किसान मोहम्मद समिरुलले बताए । कृषि सामग्री कम्पनी जनकपुर शाखाका प्रमुख राम क¬मार चौधरीका अनुसार आवश्यक्ता अनुसार मल उपलब्ध नहुँदा यस वर्ष पनि मलको समस्या हुने बताए । वीरगंज कार्यालयबाट धनुषा र महोत्तरीका किसानका लागि मल आउने गरेको छ । यस क्षेत्रमा माग बढेपनि किसानको मांग वमोजिम मल उपलब्ध नभएको चौधरीले बताए । साउन यता १२ सय मेट्रिक टन युरिया, ५ सय मेट्रिक टन पोटास र डिएपी किसानहरुलाई जनकपुर शाखाले वितरण गरेको चौधरीले बताए । धनुषा र महोत्तरीमा २ सय डिलरमार्पmत किसानलाई मल वितरण भइरहेको उनले बताए । साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनीले यस क्षेत्रका किसानका लागी मल विक्री वितरण गर्दै आएको छ ।

यस क्षेत्रका किसानको मलको समस्या सहज बनाउनको लागी वीरगंज कार्यालय र केन्द्रिय कार्यालयमा पटक पटक पत्राचार गरेपनि समस्या समधान नभएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News