२०७८ भाद्र १०, बिहीबार ०६:५६

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसाबले जसपा फुटेको नभई प्रतिगमनका केहीमतियारहरु भागेको बताए ।

जसपाको ७ वटै प्रदेशमा आव्हान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले भने –अरुको इशारामा ओलीपथमा लाग्दा आज बेहालभयो । निर्वाचन आयोगमा गुट दर्ता गर्न पुगेका ठाकुर समूहबाट मधेसको मुद्दा पार लाग्छ भन्नू भ्रम शिवाय अरु केहि नभएको उनले बताए । केही बेइमानहरुले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै टाङ्गमुनि छिर्ने काम गरेको टिप्पणी गर्दै उनले भने, ‘ महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथलागेर मन्त्री हुनगए र समाप्तभए ।’ ‘हिजोपनि उनीहरुको दाउँ मन्त्रीमात्र बन्ने थियो र आजपनि त्यही चरित्र देखिँदैछ ’ यादवले भने, महन्थलाई प्रधानमन्त्री बनाउँछु भनेपछि मानेकाथिए । कांग्रेस पनि सकारात्मक थियो । त्यो सम्भवपनि थियो । तर महन्थले हस्ताक्षर गरेको २ घण्टामै सहमति तोडेर भागे । अस्सी प्रतिशत केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी रहेको दावीगर्दै उनले भने, ‘रुखको बोक्रा सुकेर उप्किएकोमात्रै हो । पार्टी फुटेको छैन ।’ ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्यआधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं ’उनले भने, लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाडै नै सरकारमा सहभागीहुने उनले बताए । ‘ओलीको तानाशाही सपना चकनाचूर पारेर संघीय लोकतान्तिक गणतन्त्रलाई दिगो बनाउने काम जसपाले गरेको छ ’ उनले भने, सांसदहरुको पद जोगिनु ओलीकै लागिपनि फाइदाको कुरा हो ।

ओलीले चुच्चे नक्सा सार्वजनिक गरे लगतै ‘प्रभु’ सामु लम्सार परेको आरोप लगाउँदै अध्यक्ष यादवले राष्ट्रियता सबालमा ओलीले भ्रम मात्र सृजना गरेको बताए । जसपाको केन्द्रिय समितिले सबै प्रदेशमा पार्टी सुदृढिकरण(सुज) अभियान चलाउने निर्णय गरे अनुसार शुक्रवार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आयोजना हुनेछ ।कार्यक्रमको ब्यापक तयारी गरिएको छ । कार्यक्रममा अध्यक्ष यादव, नेताहरु महेन्द्र यादव, रेणु यादव, अशोक राई लगायतको सहभागिता रहनेछ ।प्रदेश २ मा भने १२ गते वीरगञ्जमापनि सुज अभियान अन्तरगत बृहत्त भेलाको आयोजना गरिएको छ । प्रदेश २ मा जसपा सर्वाधिक बलियो रहेको छ ।प्रदेश सभासदस्य, संघीय सांसद र पालिकाको जनप्रतिनिधिमा जसपा भारी रहेको छ ।

Comment


Related News