अपडेट 
२०७८ भाद्र १०, बिहीबार ०७:१९

लालबन्दी । लामो समयदेखि भारतीय खोपको पहिलो डोज लगाएर बसेका सर्लाहीका ज्येष्ठ नागरिकले अब दोस्रो डोज लगाउन पाउने भएका छन् ।

आगामी शुक्रबार भदौ ११ गतेदेखि १३ गतेसम्म र भदौ १६ गतेदेखि १८ गतेसम्म दुई चरणमा गरी गत फागुनमै कोभिशिल्डको पाहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज खोप लगाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले उनीहरुलाई जापानबाट आएको एष्ट्राजेनिका खोप लगाउने तयारी भइरहेको जनाएको छ । भदौ ११ गतेदेखि १३ गतेसम्म लालबन्दी, मलंगवा, ब्रम्हपुरी, पर्सा, चन्द्रनगर, ईश्वरपुर, हरिवन, हरिपूर्वा, बागमती र बरहथवामा खोप कार्यक्रम चल्ने कार्यालयका खोप अधिकृत रामदुलार यादवले बताएका छन् । त्यसपछि बाँकी रहेका पालिकाहरुमा भदौ १६ गतेदेखि १८ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । गएको फागुन २२ देखि २७ गतेसम्म कोभिशिल्डको पहिलो डोज लगाउने ५१ हजार ९८७ जना दोस्रो डोजको प्रतिक्षामा रहेका थिए । यो पटक सबै जनालाई पुग्ने गरी खोप आउने भएकाले नआत्तिन खोप अधिकृत यादवले आग्रह गरेका छन् । यता, लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले लालबन्दी नगरभित्र करिव ४३ सय जना कोभिशिल्डको दोस्रो डोजको प्रतिक्षामा रहेका र ती सबैलाई यो पटक खोप लगाइने बताए ।

खतिवडाले यो पटक भदौ ११ देखि १३ गतेसम्म कोभिशिल्डको दोस्रो डोज लगाउन लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रसहित रानिगन्ज, नेत्रगन्ज, जब्दी, परवानीपुर, पत्थरकोट र नारायणखोलाका स्वास्थ्य चौकीहरुमा खोप केन्द्र तोकिएको जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News