अपडेट 
२०७८ भाद्र १०, बिहीबार ०७:२६

गरुडा । रौतहट प्रहरीले लाखौ मुल्य बराबरको अबैध सालको काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाको प्रहरी टोलीले मंगलवार राति जिल्लाको कटहरिया नगरपालिका वडा नं.९ डुमरियाबाट अन्दाजी ५ क्यूफिट बराबरको तीन थान सालको गोलिया बरामद गरेको छ । विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यलय कटहरियाबाट प्रहरी नायव निरीक्षक (सई) विरेन्द्र यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले डुमरियाबाट पिपरिया तर्फ जाँदै गरेको टायरगाडाबाट उक्त सालको गोलिया बरामद गरेको हो । जंगलबाट अबैध रुपमा कटान गरी गोलिया बनाइ टायरगाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोलीलाई हेर्ने वित्तिकै तस्करहरु टायरगाडाबाट गोरु निकाली फरार भएका थिए । टायरगाडा सहित काठ बरामद भएपनि तस्करहरु फरार भएका कारण पक्राउ पर्न नसकेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । बरामद टाएरगाडा सहित काठ इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक विरेन्द्र यादवले जानकारी दिए । पछिलो समय रौतहटको राष्ट्रिय वनबाट काठ तस्करी हुने क्रम रोकिएको छैन् । जिल्ला वन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको टोली गस्तीमा खटाएको भए पनि काठ तस्करी भने रोकिएको छैन् ।

जिल्लाको जंगलसहिया क्षेत्रको जंगलबाट तस्करहरु टायर गाडा, मोटरसाइकल र साइकलमा काँचा सालका रूख काटेर तस्करी गर्ने गरेका छन् ।

Comment

Related News

Latest News

Trending News