अपडेट 
२०७८ भाद्र १०, बिहीबार ०७:२९

लालबन्दी । सीमित विद्यार्थीको उपस्थितिमा विद्यालय खोल्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुमति दिएको छ ।

सोमबार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको सिफारिस अनुसार कार्यालयले ३३ प्रतिशत विद्यार्थी नबढ्ने गरी आलोपालो गरेर विद्यालय संचालन गर्न अनुमति प्रदान गरेको हो । यो निर्णयसँगै अब विद्यालयहरुले विद्यार्थीलाई पालैपालो बोलाएर पठनपाठन संचालन गर्न पाउने भएका छन् । तर धेरै विद्यार्थी सङ् ख्या रहेका विद्यालयहरुले भने सीमित विद्यार्थीलाई मात्रै बोलाएर पढाई सूचारु गर्न समस्या रहेको बताएका छन् । केही साताअघिबाटै लालबन्दी, हरिवनसहित केही पालिकामा थोरै विद्यार्थी रहेका विद्यालयहरुले पठनपाठन गराउन थालिसकेका छन् । स्वास्थ्य मापदण्ड पालना गरी ३३ प्रतिशत विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराई पठनपाठन संचालन गर्न अनुमति दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । यस्तै, जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सर्लाहीमा भदौ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्लामा यसरी औपचारिकताका लागि पटक–पटक निषेधाज्ञा थपिए पनि यसको प्रभावकारी ढङ् गले कार्यान्वयन भएको छैन् । जनस्तर र सरोकारवाला निकाय दुवैबाट निषेधाज्ञाको उल्लङ्घन भइरहेको छ ।

अधिकांश मानिस मास्क नलगाई हिँड्ने गरेका छन् भने जुलुस, सभा सम्मेलन जस्ता मानिसको भीडभाड हुने काम भइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News