जनकपुरधाम । ईलाका प्रहरी कार्यालय सिमराले प्रतिबन्धित लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
सिमराबाट खटेको प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.०५ स्थित बीरगंज– पथलैया सडक खण्डको रातो पुल नजिक बीरगंजतर्पm आउँदै गरेको ना. ४६ प.५९३१ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा गाँजा फेला परेको थियो । पक्राउ पर्नेमा मोटरसाइकल चालक निजगढ नगरपालिका वडा न.१३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र सोही मोटरसाइकल पछाडी सवार २५ वर्षीय बाबुराम वाईबा रहेका छन् । पिठ्युमा बोक्ने २ वटा झोलाभित्र राखी लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध गाँजा १५ किलो ग्राम बरामद भएको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यस्तै, ईलाका प्रहरी कार्यालय सिमराले लागुूऔषध सहित जीतपुर बजारबाट थप एक जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर बजार चोकमा बिरगंजबाट हेटौँडा तर्फ जानकोलागि आउँदै गरेको ना ४५ प ९२०६ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा प्रहरीले लागूऔषध फेला पारेको थियो । लागुऔषसहित पक्राउ परेका मोटरसाईकल चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १२ बस्ने बर्ष २ ९ को सुमन लामालाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए । पक्राउँ परेका लामाले मोटरसाईकलको सिटमुनि र भाईजरभित्र लुकाईछिपाई राखिएको तीन पत्तामा ४० पिस लागुऔषध नाईट्रोभेट ट् याबलेट र कोडिवेल सय एम.एल.का १६ बोतल फेला पारेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । नियन्त्रणमा रहेका लामा माथि लागुऔषध शिर्षकमा मुद्धा चलाईएको प्रहरी नायब उपरिक्षक कुवरले जानकारी दिए । यस्तै, महोत्तरीमा पनि लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । औरही न.पा. ४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नं.को अटो गाडीलाई चेकजाँच गर्दा लागूऔषधसहित दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा महोत्तरीको गौशाला न.पा. वडा नं. ६ मा बस्ने १८ वर्षीय मंजित महरा र सिन्धुली कमलामाई न.पा. वडा नं. १३ बस्ने २३ वर्षीय सुवास बुढाथोकी रहेका छन् । मंजितको साथबाट ३० पिस नाईट्राभेट ट्याबलेट र सुवासको साथ बाट १५ पिस नाईट्राभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।


