अपडेट 
२०७८ भाद्र १०, बिहीबार ०७:४७

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयका शिक्षक करारमा नियुक्ती गर्नुपर्ने माग गर्दै दोश्रो चरणको आन्दोलन थालेको छ ।

साउन २४ गतेदेखि निधारमा कालोपट्टी बाधेर अनलाईन कक्षा लिइरहेको राजर्षि जनक विश्वविद्यालय पेपर (कोर्ष) कन्ट्रायक्ट शिक्षकहरु पठनपाठन सुचारु राखेर मंगलबार देखि धर्ना बसेको हो । शिक्षकहरु आन्दोलित भएको लामो समय भएपनि सम्बन्धित निकाय समस्या समाधानका लागि पहल नगरेपछि दोश्रो चरणको आन्दोलन अन्र्तगत धर्ना बस्न बाध्य भएको शिक्षकहरुले बताएका छन् । विश्वविद्यालयको पठनपाठनलाई निरन्तरता दिंदै शिक्षकहरु मंगलबारदेखि धर्ना बस्दै आएका छन् । जनकपुस्थित राजर्षि जनक विश्वविद्यालय क्याम्पसका पेपर÷कोर्ष कन्ट्रायक्ट शिक्षकहरु करार नियुक्त माग गर्दै आन्दोलित भएको हो । विश्व विद्यालय स्थापना कालदेखि निरन्तर अध्यापन गराउदै आएका शिक्षकहरुले अन्तरिक प्रक्रियाद्धारा करारमा भर्ना गर्नु पर्ने माग गर्दै आन्दोलित भएको शिक्षक दिलीप यादवले बताए । विगत चार महिनादेखि करारमा भर्ना गर्नु पर्ने माग गर्दै आएपनि सबन्धीत निकायले बेवास्ता गरेपछि पहिलो चरणमा साउन २४ गतेदेखि कालोपट्टी बाँधेर पठनपाठन गराउदै आएका थिए । ‘स्थापना कालदेखि नै प्राइभेट कलेज छोडेर यहाँ सेवा दिइरहेका छौ । २७ वटा दरबन्दी खाली छ । त्यसमा शिक्षकको स्यालरी(तलब) पनि आइराखेकै छ,’ शिक्षक यादवले भने, ‘त्यो दरबन्दीमा हामीलाई करारमा नियुक्ति गर्न भनेका छौ ।’

वर्तमान उपकुलपति डा. भरत झा र रजिष्टार महेन्द्र यादवको पदावधि अगामी पुससम्म मात्र रहेकाले नयाँ राजनीति सिनारियो अनुसार फरक व्यक्ति नियुक्त गरिए आफुहरुलाई करार सम्झौता गर्न समस्या हुने शिक्षकहरु बताउछँन् । प्राइभेट कलेज छोडेर विश्व विद्यालयमा आएपनि भविष्यमा अलपत्र पर्न सक्ने खतरा छ, यादवले भने ।

Comment


Related News

Latest News

Trending News