अपडेट 
२०७८ भाद्र ११, शुक्रबार ०६:५५

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्को हप्ता सरकारमा सहभागी हुने बताएका छन् ।

सरकारमा सहभागि हुनेको सुची लामो भएपछि ब्यवस्थापनमा समस्या आएको बताइन्छ । विराटनगर स्थित मोरंग जिल्ला पार्टी कार्यालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने बताए ।‘गठबन्धनमा रहेका दलहरुबीच सहमतिको अधारमा मन्त्रालय बाँडफाँट हुनेछ’ उनले भने, सरकारमा अब माधवकुमार नेपाल नेतृत्वको दलकोपनि सहभागिता हुनेछ । सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै अध्यक्ष यादवले यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको उल्लेखगर्दै उनले भने, राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिनेछ । सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको दल वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका महन्थ ठाकुर पक्ष संसदमा भने विपक्षी बेञ्चमा बस्ने गरेको छ ।सत्तामा सहभागिताका लागि राजेन्द्र महतो लगायतले दलमा दबाब बनाइरहेको बेला जसपा अध्यक्ष यादवले गठबन्धन बाहिरका दललाई सरकारमा सहभागि गराउने सहमति नभएको धारणा व्यक्त गरेका हुन् ।

‘सरकारलाई समर्थन जारी राखेपनि त्यो समुह सत्तामा हिस्सेदारी पाउँदैन्’ उनले भने, प्रतिगमनका मतियारलाईपनि सत्तामा राखिए प्रतिगमन बिरुद्धको गठबन्धनको औचित्य नै रहदैन् । ‘प्रतिगमनको खतरा रहुञ्जेलसम्म वर्तमान लोकतान्त्रिक गठबन्धन रहने छ’ अध्यक्ष यादवले भने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं बलियो बनाउने कार्यमा आफ्नो दल सक्रिय रुपमा कार्य छ । अध्यक्ष यादवले संसद् जोगाउनका लागि पार्टी गठबन्धनमा सहभागी भएको स्पष्ट पार्दै यही गठबन्धनले आगामी निर्वाचन गराउने बताए । बहुदलीय व्यवस्थामा दल फुट्ने र जुटने कार्य भइरहने चर्चा गर्दै उनले सम्पूर्ण समाजवादीको केन्द्रको रुपमा जनता समाजवादी पार्टी रहेको दावी गरे । जसपाको पकडलाई बलियो बनाइराख्न सातवटै प्रदेशमा सुदृढिकरण अभियान चलाइएको छ ।विराटनगरबाट प्रारम्भ भएको सो अभियान अन्तरगत शुक्रवार जनकपुरधाममा बृहत्त भेलाको आयोजना गरिएको छ । अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र यादव, रेणु यादव लगायतले कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।जनकपुरधाम उद्योग वाणिज्य संघमा आयोजना हुने भेलामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको सहभागिता रहनेछ । वीरगञ्जमा शनिवार हुने भेलामा रौतहट, बारा, पर्सा, मकवानपुर र चितवनको सहभागिता रहने जसपा प्रदेश २ का अध्यक्ष समेत रहेका अर्थ मन्त्री विजयकुमार यादवले जनाए ।‘ गत महिना महन्थ ठाकुर समुहले जसपाकै नाउँमा प्रदेश २ को ८ वटै जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका थिए ।तर हाल ठाकुरले छुट्टै दल दर्ता गरिसकेपछि जसपामा रहेका नेताहरुलाई अलग्गिन नदिन सुदृढिकरण अभियान चलाइएको छ । ठाकुर समुह अलग्गिएपनि समग्रमा जसपा नै अझै बलियो छ ।संघीय संसदीय दल, प्रदेश सभाहरु र पालिकाहरुमा जसपाको पक्षमा बढी जनप्रतिनिधिहरु रहेका छन् ।

प्रदेश २ मा विभाजनपछि जसपा झन बलियो देखिएको हो ।ठाकुर समुहका १० जना प्रदेश सभासदस्य जसपामा रहेका छन् ।

Comment


Related News