अपडेट 
२०७८ भाद्र ११, शुक्रबार ०७:००

जनकपुरधाम । जिल्ला अदालत धनुषाले श्रीमती आरती साहमाथि एसिड प्रहार गर्ने सबैला नगरपालिका ६ का सञ्जिव साहलाई साढे १० वर्ष कैदको सजाय सुनाएको छ ।

न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको एकल इजलासले संजिवलाई साढे १० वर्ष कैदको सजाय सुनाएको अधिवक्ता रिंकु साहले बताइन् । उनका अनुसार सञ्जिवबाट साढे ६ लाख रुपैयाँ क्षतिपूर्ति बापत पीडित आरतीलाई दिलाउन समेत आदेश दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्ने आरतीमाथि श्रीमान सञ्जिवले ०७७ कार्तिक २७ गते एसिड प्रहार गरेका थिए । संजिवलाई एसिड उपलब्ध गराउने जनकपुरकै निखिल स्टोरका संचालक नागेन्द्र साहलाई अदालतले सफाइ दिइसकेको छ । न्यायाधीश शिवाकोटीकै इजलासले नागेन्द्रलाई सफाइ दिएपछि पीडित आरतीले उनीमाथि घुस खाएको आरोप समेत लगाएकी थिइन् ।

Comment

Related News