२०७८ भाद्र ११, शुक्रबार ०७:२२

गरुडा । रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण र स्वास्थ्य सामग्री वितरण गरेका छन् । देवाही गोनाही नगरपालिका वडा नं. ३ देवाहीका दुई सय भन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरुलाई मेयर पटेलले बिहीबार पोषण र स्वास्थ्य सामग्री वितरण गरेका हुन् । मेयर पटेलले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत प्रत्येक महिलालाई ३ किलो मसुरोको दाल, एक किलो भटमास, गेडागुडी, एक किलो मटरदाल, चना लगायतका खाद्यान्न सामग्री वितरण गरेका हुन । महिलाहरुलाई ब्रश, पेस्ट, नुहाउने र कपडा धुने साबुन, मास्क लगायतका स्वास्थ्य सामग्री पनि वितरण गरिएको मेयर पटेलले बताए । नगर प्रमुख पटेलले नगर भित्रका सबै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण र स्वास्थ्य सामग्री वितरण गर्ने बताए । बिहीबारदेखि देवाहीबाट उक्त पोषण र स्वास्थ्य सामग्री वितरण गर्न शुरु गरेको बताउँदै मेयर पटेलले नगरभित्र रहेका २ हजार ३ सय गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण र स्वास्थ्य सामग्री वितरण गर्न लागेको बताए । नगरभित्र जन्मेका हरेक बच्चा पोषिलो खाना खाएर असल नागरिक बनून् भन्ने उद्देश्यले पोषण आहार कार्यक्रम ल्याएको नगर प्रमुख पटेलले बताए । नगरपालिकाले पोषिलो आहारस्वरुप कार्बोहाइड्रेड, मिनरल, भिटामिन र प्रोटिन प्राप्त हुने खाद्य सामग्री वितरण गरेको उनले बताए । राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन् उनले अघि भने समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्ने सामथ्र्य हुन्छ, त्यसैले बालबालिकाको शारिरिक एवं मानसिक विकासका लागि पोषण खाद्यान्न सामग्री वितरण गरिएको उनले प्रस्टयाए । गर्भमा र जन्मिएपछि बच्चा र आमाले पोषिलो खाना नपाउँदा मानसिक रुपमा कमजोर बच्चा जन्मिने गरेकोले यस्तो कार्यक्रम ल्याउनु परेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News