जीतपुर । बाराको जीतपुर सिमरा नगर उद्योग बाणिज्य संघले बाराको जीतपुरसिमरादेखि पर्साको ठोरीसम्म बस सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रिया गरेको छ ।
ठोरी गाउँपालिकाका अध्यक्ष पद्यम लाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ठोरी गाउँपालिकादेखि जितपुरसिमरासम्म बस सञ्चालन सम्बन्धमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुसँग छलफल भएको थियो । नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले बस सञ्चालन हुँदा दुबै क्षेत्रका जनताहरुलाई किनमेल ,ब्यपारब्यसाय र आवतजावत गर्न सहज हुने बिश्वास ब्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष घनश्याम गिरी , बरिष्ठ उपाध्यक्ष मोहन सर्मा लामिछाने ,महासचिव शिवजी साह सोनार , उपाध्यक्ष अर्जुन लम्साल ,कोषाध्यक्ष अमर यादब , रेडिमेडड ब्यवसायी संघका अध्यक्ष प्रकाश गिरी लगायतको सहभागिता रहेको थियो ।


