अपडेट 
२०७८ भाद्र ११, शुक्रबार ०७:२९

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–५ मा भइरहेको सिपविकास तालिमको जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् ।

उक्त तालिम मिथिला नगरपालिका नगर प्रमुख हरिनारायण महतो र उप प्रमुख तारा कुमारी बस्नेतले अनुगमन गरेका छन् । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषका आर्थिक सहयोगमा ग्रामिण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजना र तालिम ट्रेड लिङ्क टेक्निकल ईन्सिच्युट प्रा.लि.को व्यवस्थापन र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम भइरहेको छ । अनुगमनको क्रममा नगर प्रमुख महतो तथा उप प्रमुख बस्नेतले तालिम समापन पछि सहभागीहरुलाई रोजगारी प्रदान गर्न स्थानीय ठेकेदारहरु संग समन्वय गरिदिने र काम गर्न ईच्छुक सहभागीहरुलाई तालिम औजार उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाए । सहभागीहरुमा शुभकामना व्यक्त गर्दै महिलाहरुका लागि गैर परम्परागत तालिमा भएपनि राम्रो सहभागिता तथा तालिमको सिकाई राम्रो भएकामो खुशि व्यक्त गरे । तालिमको बारेमा स्पष्ट पार्दै हेल्भेटास नेपालका अनुगमन अधिकृत प्रतिमा गुरुङ नेपाल उक्त तालिम ऋत्भ्ख्त् को तह १ को पाठ्यक्रममा आधारित रहने र ३९० घण्टा (६५ दिन)को निशुल्क भएको बताइन् ।

विल्डिङ पेन्टर २० जना तथा विल्डिङ ईलेक्ट्रिसियन २० जना गरी ४० जनालाई सिप विकास तालिम सञ्चालनमा रहेकोछ । जसमा २८ जना महिला सहभागी छन् ।

Comment

Related News

Latest News

Trending News