२०७८ भाद्र ११, शुक्रबार ०७:३३

लिमिटेडलाई कार्यक्रममा छनौट गरेको थियो । ती छनौट भएका कृषक समूह तथा सहकारीले विभिन्न किसिमका सिंचाइ पूर्वाधारका सामानहरु तथा कृषि औजार तथा उपकरणहरु खरिद गरी पेश गरेको विल भर्पाईको आधारमा चन्द्रनगर गाउँपालिकाबाट पकेट विकास कार्यक्रमको कार्य विधि अनुसार सिंचाइ पूर्वाधारका सामानहरु खरिद गर्दा लागेको वील अनुसार खर्चको ८५% रकम र कृषि औजार तथा उपकरण खरिदमा लागेको वील अनुसार खर्चको ५०% को अनुदान दिएको हो । वाँकी रकम समूह तथा सहकारीले स्वयं व्यहोर्नुपर्ने हुन्छ । यो कार्यक्रम अन्तर्गत छनौट भएका कृषक समूह तथा कृषि सहकारीले जम्मा ५२ वटा पम्प सेट, ४६ वटा विद्युत मोटर, १२ सेट पावल ट्रेलर र २ थान ब्रस कटर खरिद गरी अनुदानको लागि गाउँपालिकामा विल भर्पाई सहित अनुदानको लागि निवेदन पेश गरेका थिए । उक्त कार्यक्रम अन्तर्गत पेश भएको विल भर्पाईको आधारमा नियमानुसार गाउँपालिकाबाट जम्मा रु. ३८ लाख १९ हजार २ सय ४९ रुपैया अनुदान प्रदान गरिएको हो ।

चन्द्रनगर गाउँपालिकाको वडा नं. १, २, ३ मा यसै परियोजना अन्तर्गत तरकारी बालीको व्यबसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम संचालन भएकोले ती वडा वाहेकका वडाहरु ४, ५, ६ र ७ लाई साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा छनौट गरिएको थियो ।

Comment

Related News