अपडेट 
२०७८ भाद्र ११, शुक्रबार १०:०७

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मृत्यु हुनेको संख्या ६० पुगेको छ । विस्फोटमा हालसम्म अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु भएको हो । घटनामा १४० भन्दा बढी घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् ।

पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो । स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो ।

Comment


Related News

Latest News

Trending News