अपडेट 
२०७८ भाद्र ११, शुक्रबार १०:११

जल तथा माैसम पूर्वानुमान विभागले अबकाे तीन दिनसम्म मुशलधारे वर्षा हुनसक्ने बताएकाे छ । विभागले आज (बिहीवार) जारी गरेकाे विज्ञप्ति अनुसार आज बिहीवारदेखि शनिवारसम्म तीन दिन मुशलधारे वर्षा हुने बताएकाे हाे ।

विभागले जारी गरेकाे विज्ञप्तिमा आज (बिहीबार)देखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन मुशलधारे वर्षा हुने विभागले विज्ञप्तिमा जनाएकाे छ ।

विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित मुशलधारे वर्षा हुने बताएको छ ।

Comment


Related News

Latest News

Trending News